June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
बालुवाटार पुगेर ओलीलाई ठाकुरले भने – विस्वासको मत दिदैनौं, ओलीले गरे यस्तो आग्रह

बालुवाटार पुगेर ओलीलाई ठाकुरले भने – विस्वासको मत दिदैनौं, ओलीले गरे यस्तो आग्रह

वैशाख २६, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

वरिष्ठ नेता राजेन्द्र महतोसहित बालुवाटार पुगेका ठाकुरले जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

‘हाम्रा मागहरू अझै पूरा भएका छैनन् । माग पूरा नभएको अवस्थामा हामीले तपाईलाई विश्वासको मत दिन सक्दैनौं’, ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

भेटमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने क्रम शुरू भइसकेको र अन्य माग पूरा गर्न पनि सरकार सकारात्मक रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा सहभागी नहुन आग्रह समेत गरेका छन् ।


आइतबार बिहान जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोसहित आज बूढानीलकण्ठ पुगेर ठाकुरले कांग्रेसलाई पनि जसपाको भर परेर कुनै निर्णय नलिन सुझाव दिएको ठाकुरनिकट स्रोतले जनाएको छ ।

उनले बाबुराम र उपेन्द्र यादवको निर्णय पार्टीको नभई व्यक्तिगत भएको समेत बताएका थिए। जसपाको महन्त – महतो समूह तटस्थ बस्नसक्ने बुझिएको छ ।

देउवालाई यस्तो जवाफ दिएर ‘महन्त – राजेन्द्र’ गए सिधै बालुवाटार, अब के गर्लान देउवा ?

 

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

शीर्ष समाचार

धेरै पढिएको