June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
देउवालाई यस्तो जवाफ दिएर ‘महन्त – राजेन्द्र’ गए सिधै बालुवाटार, अब के गर्लान देउवा ?

देउवालाई यस्तो जवाफ दिएर ‘महन्त – राजेन्द्र’ गए सिधै बालुवाटार, अब के गर्लान देउवा ?

वैशाख २६, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीलाई सरकारबाट हटाउने निर्णय जसपाले नगरेको जानकारी कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएका छन् ।

वरिष्ठ नेता राजेन्द्र महतोसहित आज बूढानीलकण्ठ पुगेर ठाकुरले जसपाको भर परेर कुनै निर्णय नलिन सुझाव दिएको ठाकुरनिकट स्रोतले जनाएको छ । उनले बाबुराम र उपेन्द्र यादवको निर्णय पार्टीको नभई व्यक्तिगत भएको समेत बताएका छन् ।

स्रोतले भन्यो, ‘उपेन्द्रजीले गरेको निर्णय उहाँको व्यक्तिगत हो । जसपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय लिएको छैन । तपाईं अविश्वास प्रस्तावतर्फ जान लाग्नुभएको हो भने हाम्रो अहिले त्यसमा समर्थन छैन ।’

ठाकुर र महतोले आफूहरूबीच कुनै विवाद नभएको र उपेन्द्र-बाबुराम पक्षले खटपटको खबर बाहिर प्रचार गराएको देउवालाई बताएका छन् । ठाकुर र महतोले पार्टीको कार्यकारिणी समिति र संसदीय दलमा आफूहरू बहुमतमा रहेकाले पार्टीको निर्णय नहुन्जेल जसपाको भर परेर कुनै निर्णयमा नपुग्न देउवालाई सुझाएका स्रोतले जनाएको छ ।


तत्पश्चात ‘ठाकुर- महतो’ सिधै प्रधानमन्त्री निवास बालुवाटार गएका छन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्केपछि जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटार छिरेका छन्।

उच्च स्रोतका अनुसार करिव १० मिनेट अघि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार छिरेका हुन्।

शीर्ष समाचार

धेरै पढिएको