June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
राजेन्द्र महतो र महन्त ठाकुर देउवा निवासमा

राजेन्द्र महतो र महन्त ठाकुर देउवा निवासमा

वैशाख २६, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आज विहानै कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् ।

सत्ता समीकरणको खेल तीव्र विकास भइरहेका बेला आफू पक्षका अर्का नेता राजेन्द्र महतोसहित ठाकुर देउवा निवास पुगेका हुन् । ठाकुरले देउवासँग अविश्वासको प्रस्तावको तयारीका बारेमा बुझ्न खोजिरहेका छन् ।

जसपाको उपेन्द्र बाबुराम पक्ष देउवासँगको गठबन्धनमै छ । ठाकुर पक्ष नमिलेसम्म संसदमा विपक्षीको बहुमत नपुग्ने भएकाले देउवाले ठाकुर र महतोसँग छलफल गर्न चाहेका हुन् । ठाकुर पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादमा थिए ।

शीर्ष समाचार

धेरै पढिएको