June 15, 2021, Tuesday
२०७८ असार १, मंगलवार
एमालेमा खैलाबैला : आफ्ना सांसदहरूले राजीनामा दिने भएपछि माधब नेपालले दिए यस्तो प्रतिक्रिया

एमालेमा खैलाबैला : आफ्ना सांसदहरूले राजीनामा दिने भएपछि माधब नेपालले दिए यस्तो प्रतिक्रिया

वैशाख २५, काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले शनिबार लगभग ६ घन्टासम्म आन्तरिक छलफल सामुहिक राजिनामा दिने निष्कर्षमा पुगेको छ ।

शनिबार ललितपुर सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को नेपाल ओलम्पिक भवनमा उक्तसमुहका नेताहरूले लगातार ६” घण्टा छलफल गरेका थिए ।

सहभागी एक स्रोतका अनुसार दिउँसो १४:३५ मा सुरु भएको छलफल राति २०:२५ बजेसम्म चलेको थियो।

छलफलमा नेपाल ,अष्टलक्ष्मी शाक्य ,कल्याणी खड्का, घनश्याम भुसाल,सोमप्रसाद पाण्डे, भीम रावल, मेटमणि चौधरी, झपट रावललगायत २० जना उपस्थित थिए।

बैठकमा आफ्नो पक्षको आगामी कार्यदिशा र रणनीतिको बारेमा छलफल भएको बुझिएको भने भोलि नै सबै सांसदले सामुहिक राजिनामा दिने तयारी भएको छ ।

नेपाल भन्छन्, ‘हामीले सच्च्याउन प्रयास गरेका हौं तर ओली सच्चिएनन्’

केही दिनदेखिको वार्ता र छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि अन्तत : नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुले आइतबार राजीनामा दिने भएका हुन ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै राजीनामा दिने निर्णय गरेको पार्टी स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले २७ गते सोमबार विश्वासको मत लिनका लागि संसद बैठक बोलाएका छन् । कांग्रेस र माओवादीले ओलीलाई विश्वासको मत नदिने निर्णय यसअघि नै गरिसकेका छन् । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ निर्वाचित नेपाल समूहका २० जना सांसदले राजीनामा गरेपछि ओलीले विश्वासको मतमा बहुमत पाउने संभावना छैन ।

माधव समूहका सांसदले राजीनामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वैकल्पिक सरकार बन्ने सम्भावना पनि जीवित हुनेछ ।

राजिनामा दिने निर्णय पछी प्रयिकृया दिदै एमाले बरिष्ठ नेता माधव नेपालले आफूहरुले प्रधानमन्त्री ओलीलाई सच्च्याउन निकै प्रयास गरेको तर उनी नसच्चिएको बताए । ‘हामीले पार्टी एकतालाई बचाउने प्रयास गरेका हौं तर उहाँले दम्भ देखाउनु भयो, कत्ति पनि सच्चिन तयार हुनुभएन,’ नेता नेपालले भने ।

नेपाल समूहका एक नेताका अनुसार सुरुमा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फका सांसदले मात्रै राजीनामा गर्ने कुरा भए पनि आइतबार समानुपातिक तर्फका सांसदले पनि राजीनामा गर्ने सम्भावना छ । नेपाल समूहमा ३५ जना सांसद छन् ।

शीर्ष समाचार

धेरै पढिएको