June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
माओवादी – कांग्रेस – माधब महागठबन्धनलाई बास्कोटाको टुच्च : ‘रुख, गोलाकार बेपत्ता’ ?

माओवादी – कांग्रेस – माधब महागठबन्धनलाई बास्कोटाको टुच्च : ‘रुख, गोलाकार बेपत्ता’ ?

वैशाख २५, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले राष्ट्रियसभा सदस्यको उपचुनावमा एमालेविरुद्ध बनेको गठबन्धनलाई आउने चुनावको युद्ध अभ्यासको संज्ञा दिएका छन् ।

शनिबार बिहान सामाजिक संजालमा प्रतिक्रिया दिदै बास्कोटाले कांग्रेसको चुनाव चिह्न रूख र माओवादीका गोलाकारभित्रको हँसिया हथौडा बेपत्ता भएको भन्दै बहुदलीय लोकतन्त्रमा निर्दलीय महा गठबन्धन बनेको टिप्पणी गरेका छन् ।

बास्कोटा भन्छन्, ‘बहुदलीय लोकतन्त्रमा रूख र गोलाकार बेपत्ता भएको निर्दलीय उम्मेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ ? एक एमालेविरुद्ध चार निर्दलीय महागठबन्धन,साायद उाउने चुनावको युद्ध अभ्यास होला ।’

जेठ ६ गते हुने राष्ट्रियसभाको उपचुनावमा एमालेका रामवहादुर थापा बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा स्वतन्त्र उम्मेदवार बनेका छन् । उनलाई कांग्रेस र माओवादीले समर्थन गरेका छन् ।

नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो ।

उक्त पदपूर्तिका लागि जेष्ठ ६ गते मतदान हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद र २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन्।

विपक्षी गठबन्धन (काँग्रेस, माओवादी, एमालेकै नेपाल–खनाल पक्ष)ले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्तारुढ दल एमाले मनोनयन दर्ताको दिनसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन । सुरुमा बादललाई उम्मेदवार बनाउने एमालेको तयारी थियो । तर एमालेको नेपाल पक्ष विपक्षी गठबन्धनमा उभिएपछि बादल उम्मेदवार बन्न हच्किएको चर्चा थियो ।

जित सुनिश्चित भएपछि मात्र उम्मेदवार बन्ने बादलले अडान लिएपछि एमाले स्थायी कमिटीको बिहीबारको बैठकले कुनै निर्णय लिन सकेको थिएन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयताविज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्। सोही साझा गठबन्धनलाई ब्यंगे गर्दै बास्कोटाले यस्तो प्रतिक्रिया दिएका हुन ।

यस्तो छ उनको प्रतिक्रिया

बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता भएको निर्दलीय उमेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ?एक एमाले बिरुद्ध चार निर्दलीय महागठबन्धन हाहाहा!शायद आउने चुनाबको युद्धअभ्यास होला।

शीर्ष समाचार

धेरै पढिएको