June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
कोरोनाले संसद्‍ सचिवालयका उपसचिवको मृ’त्यु, रोकिएला – वैशाख २७ गतेको विशेष अधिवेशन ?

कोरोनाले संसद्‍ सचिवालयका उपसचिवको मृ’त्यु, रोकिएला – वैशाख २७ गतेको विशेष अधिवेशन ?

वैशाख २४, काठमाण्डौ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट संघीय संसद्‍ सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको मृ’त्यु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले खनालको मृ’त्युप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

‘कोरोना संक्रमणका कारण दिवंगत संघीय संसद्‍ सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, ट्वीटमा सभामुख सापकोटाले लेखेका छन्, ‘शोकसन्तप्त परिवार एवं आफन्तजनमा गहिरो समवेदना।’

संसद्‍ सचिवालयका उपसचिव कोइरालाको कोरोनाले मृ’त्यु भएसँगै वैशाख २७ गतेका लागि बोलाइएको संसद्‍को विशेष अधिवेशन नै कोरोना संक्रमणको केन्द्र बन्ने हो कि भन्ने त्रास बढेको छ। बैठक अगाडि नै बैठकमा सहभागी हुने संसद्‍, सबै कर्मचारी र सुरक्षाकर्मीको स्वाब परीक्षण गरिएको छ।

संघीय संसद्‍ सचिवालय स्रोतका अनुसार १२ सय ३४ जनाको स्वाब संकलन गरिएकोमध्ये अहिलेसम्म ६ सय १३ जनाको रिपोर्ट प्राप्त भएको छ। जसमध्ये ६५ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोना परीक्षण गर्न प्रधानमन्त्री ओलीको स्वाब संकलन

अहिलेसम्म स्वाब संकलन गरिएका सभामुख, सभामुखको सचिवालय, कर्मचारी, पत्रकार, सुक्षाकर्मी, मर्यादापालक र कर्मचारीमध्ये ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पहिलो दिन स्वाब दिएका मध्ये १४ जना सांसदमा संक्रमण पुष्टि भएको थियो। अहिलेसम्म प्राप्त रिपोर्ट अनुसार २२ जना सांसदमा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुने सबै सांसद प्रतिनिधिसभाका सदस्य हुन् ।

वैशाख २२ गते संकलित स्वाबको रिपोर्ट आए पनि २३ र २४ गते स्वाब संकलन गरिएका ६७ संसद्‍सहित ५२५ जना र २४ गते स्वाब संकलन गरिएका ११ संसद्‍ र अन्य ९० जनाको रिपोर्ट शनिबार मात्र आउने बताइएको छ ।

२३ र २४ गते स्वाब परीक्षण गरिएका सांसदको संख्या १९५ रहेको छ भने शुक्रबार प्रधानमन्त्रीसहित ११ जना सांसदको स्वाब संकलन भएको छ ।

सचिवालयका अनुसार अहिलेसम्म २०५ जनाको स्वाब संकलन भएको छ । संसद्‍ भवनभन्दा बाहिर स्वाब दिएका अन्य सात सांसद गरेर अहिलेसम्म स्वाब दिने सांसदको संख्या २१२ पुगेको छ । प्रतिनिधिसभाका २७१ मध्ये चारजना निलम्बित हुँदा सांसदको संख्या २६७ रहेको छ । अझै ५० बढी सांसदले स्वाब दिन बाँकी नै रहेको सचिवालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको