June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
माधव नेपालको वक्तव्यले राष्ट्रिय राजनीति पुनः तरंगित

माधव नेपालको वक्तव्यले राष्ट्रिय राजनीति पुनः तरंगित

वैशाख २४, काठमाडौँ । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालको वक्तव्यले राष्ट्रिय राजनीति, मुलतः एमालेको राजनीतिक बृतमा नयाँ तरंग ल्याइदिएको छ ।

एमालेमा माधब पक्षीय नेताहरूलैइ गरेको कारवाही फुकुवा गर्ने चर्चा चलिरहेको र पार्टी एकता जोगाउन दुवै पक्षका नेताहरू सहमति नजिक पुगेको चर्चा चलेको बेला वक्तव्य निकाल्दै उनले एमालेको एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति भइनसकेको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सहमतिका लागि वार्ता र लचकता दुवै अपनाउने पक्षमा आफू रहेको तर अहिलेसम्म कुनै सहमति नभएको उल्लेख गरेका हुन्।

उनले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटम लाइन रहेको बताएका छन्।

उनले भनेका छन्, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौँ ।’

उनले आफूहरुले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहेको बताउँदै अघि भनेका छन्, ‘किनकी यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउछौँ, तर अहिले सम्म कुनै सहमति भएको छैन।’

एमाले विवादबारे बिहीबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेता नेपालबीच छलफल भएकाे थियाे। याे छलफलमा पछि केपी ओली पनि सहभागी भएकाे र दुई नेताबीच विवाद समाधानका लागि सहमति भएकाे दाबी गरिएकाे थियाे।

शीर्ष समाचार

धेरै पढिएको