June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
पार्टी कार्यालयमा ओली-नेपाल ‘निर्णायक भेटवार्ता’ हुदै

पार्टी कार्यालयमा ओली-नेपाल ‘निर्णायक भेटवार्ता’ हुदै

वैशाख २४, काठ्मान्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी ओली तथा नेता माधव नेपालबीच भेट हुने भएको छ ।

पार्टी कार्यालय थापाथलीमा भेटको तयारी भइरहेको मोतिलाल दुगडले जानकारी दिए ।

सकारात्मक दिशातिर कुरा अघि बढिरहेको उनले बताए । ‘धेरै साथीहरू लागिरहनु भएको छ, कुरा सकारात्मक दिशातिर अघि बढेको छ,’ दुगडले भने ।

नेकपा एमालेका दुवै समूहका दोस्रो तहका नेताहरु पार्टीको एकता जोगाउन सक्रिय बनेका छन् ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘निर्णायक’ छलफलको तयारी छ । सरकारले विश्वासको मत लिन आउँदो २७ गते संसद् अधिवेशन बोलाएसँगै एमाले विभाजन नजिक पुगेपछी एकता जोगाउन दुवै समूहका दोस्रो तहका नेताहरू सक्रिय बनेका हुन् ।

यसअघि हिजो र अस्ति आपसी छलफल गरेका दुवै समुहका नेताहरुले नेतृत्वलाई आवस्यक लचक बन्दै सहमति जुटाउन दबाब दिइ रहेका छन् ।

हिजो बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलमाथि ६ महिनाका लागि गरिएको कारबाही फिर्ता लिने विषयमा छलफल भएको थियो ।


त्यसपछि दुवैतर्फका नेताले विवाद समाधानका उपायबारे दिउँसो दुई चरणमा छलफल गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको