June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
अस्पताल बाहिर मुख्यमन्त्री शाहीले आश्वासन दिइरहे, भित्र अक्सिजन नपाएर बिरामीको मृत्यु

अस्पताल बाहिर मुख्यमन्त्री शाहीले आश्वासन दिइरहे, भित्र अक्सिजन नपाएर बिरामीको मृत्यु

बैशाख २३, सल्यान । बिहीबार दिउँसाे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही सल्यान जिल्ला अस्पतालमा अनुगमन गर्न आए । प्रदेशका पुर्व मन्त्री प्रकाश ज्वाला, प्रमुख जिल्ला अधिकारी लल्मिदेवी हुमागाइ लगाएत सुरक्षाकर्मीकाे दलबल सहित मुख्यमन्त्री अस्पताल निरिक्षण गर्न आए ।

अस्पतालकाे अवलाेकन गर्न आएका मुख्यमन्त्रीले बाहिर केहिबेर भाषण गर्न समेत भ्याए । भाषणका क्रममा उनले प्रदेश सरकारले कुनै पनि बिरामी उपचार अभावका कारण मृ’त्यु हुन नदिने आश्वासन दिइरहेका थिए। तर उनले बाहिर भाषण गर्दैगर्दा भित्र एकजना काेराेना संक्रमितकाे अक्सिजन अभावका कारण मृ’त्यु भयाे ।

श्वासप्रश्वासमा समस्या अस्पतालमा उपचारका लागि ल्याएका शारदा नगरपालिका १ श्रीनगरका ६७ वर्षीय ति पुरुषको बेडमा अक्सिजन अभावमै छट्पटाएर मृत्यु भएको अस्पताल श्राेतले बतायाे ।

टाउको दुख्ने, ज्वरो आउने समस्याबाट प्रभावित भई होम आइसोलेसनमा बस्दै आएका उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि बिहीबार दिउँसो १.३० बजेतिर आफन्तले जिल्ला अस्पताल सल्यानमा ल्याएका थिए । अस्पतालमा ल्याएपछि उनलाइ इमर्जेन्जी वार्डमा राखिएकाे थियाे । मृत्यु भएपछि उनलाइ काेराेना पाेजेटिभ देखिएकाे हाे ।

यता अस्पताल अवलाेकन गर्न आएका मुख्यमन्त्री शाहीले स्वास्थ्य सामाग्री आपुर्ति गर्नको लागी प्रदेश सरकार तयार रहेकाले कुनै पनि समस्या परेमा तत्काल प्रदेशमा खबर गर्न आग्रह गरे । उनले भने ‘अस्पतालमा बिरामीको चाप बढ्ने अवस्था छ । अस्पतालमा आएको विरामीलाइ जिल्ला बाहिर पठाउनु भन्दा जिल्लामै व्यवस्था गर्न कर्णालीका सबै जिल्लामा आवश्यक पर्ने बजेट पठाइ सकिएको छ ।’

“कोरानाको उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतको टोलीलाई प्रदेश सरकारले उचित भत्ताको व्यवस्था गरेको छ” मुख्यमन्त्रीको भनाई छ । तर जिल्ला अस्पताल सल्यानमा भने स्वास्थ्य उपकरणकै अभाव छ । अस्पतालमामा १६ वटा मात्रै अक्सिजन सिलिन्डर छन । ती सिलिन्डर एकपटक रिफिल गर्दा पनि कस्ले पहल गर्यो ? कस्को पहलमा रिफिल गरियो भनेर जस लिने होडबाजी भैरहन्छ ।

कर्णाली प्रदेश सरकारले करारमा राखेका १४ जना कर्मचारीले ४ महिनादेखि तलब खाना पाएका छैनन भने गतबर्ष किनेको भेन्टिलेटर संचालन गर्ने अस्पतालमा ठाउँ छैन । गतबर्ष नै जडान गर्नेभएको अक्सिजन प्लान्ट समेतको काम अघि बढेको छैन । यस्तो अवस्थामा मुख्यमन्त्रीले पुनः आश्वासन दिएका छन ।

मुख्यमन्त्री सँग अन्तरक्रियाको क्रममा जिल्ला सस्पताल सल्यानका मेडिकल अधिकृत भिमकान्त जैसीले जिल्ला अस्पताल सल्यानमा प्रयाप्त मात्रामा उपकरणहरु नहुँदा विरामीले ज्यान गुमाउनु पर्ने अवस्था आएको बताए ।

अस्पतालमा आवश्यक जनशक्ति भएपनि उपकरणको समस्या भएकोले प्रदेश सरकारसँग उपकरण उपलब्ध गराइदिन आग्रह गरे । उनले भने, ‘अस्पतालमा प्रयाप्त अक्सिजन सिलिन्डर छैनन् । खाली गराए दाङ भर्न पठाउनुपर्छ । उता भर्न पठाउँदा यता अक्सिजन हुँदैन् । २०/३० वटा सिलिन्डर थपियाे भने सहज हुनेथियाे ।’

शीर्ष समाचार

धेरै पढिएको