June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
लुम्बिनी प्रदेश सांसद बिमला वलीको अवस्था सार्वजनिक गर्न माग

लुम्बिनी प्रदेश सांसद बिमला वलीको अवस्था सार्वजनिक गर्न माग

बैशाख २३, दाङ । प्रदेश सांसद बिमला वली ४ दिन देखि सम्पर्क बिहिन भएको भन्दै तत्काल उनको अवस्था सार्वजनिक गर्न माग गरिएको छ । तत्कालीन एमाले नेता स्वर्गीय उत्तर कुमार वलीको जीवन संगिनी बिमला श्रीमानको दुर्घटनामा परि मृत्युभएपछी तत्कालीन माओवादी र एमाले मिलेर बनेको नेकपा बाट उपचुनाव लडेर निर्वाचित भएकी थिइन ।

सांसद वली २०७६ मंसिरमा भएको उपचुनावमा तत्कालिन नेपाल कम्युनिष्ट पाटी (नेकपा) तर्फबाट दाङ निर्वाचन क्षेत्र ३ (ख)बाट निर्वाचित भएकी थिइन । यस अघि उनका श्रीमान प्रदेश सांसद स्वर्गिय उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको पदमा उपचुनाव भएको थियो। उत्तरकुमारले नेकपा एमालेका चुनाव लडेर निर्वाचित भएको थिए ।

तर यहि बैशाख १९ गते सांसद वलीले प्रेस विज्ञप्ती जारी गदै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिएकि थिइन । उनी माओवादी प्रवेश गरेपछि अहिले विभिन्न टिप्पनी हुने गरेका छन् । यसै क्रममा नेकपा एमालेका नेता मान बहादुर रावतले सामाजिक संजालमा पोष्ट गदै सांसद वलीको माओवादीमा प्रवेश गरेको जानकारी पछि उनी कहि कतै सार्वजनिक नभएको र उनको अवस्था के छ भन्ने बारे केहि जानकारी नभएकोले उनकोअवस्था तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेका छन ।

यस्तो छ उनको स्टाटस जस्ताको तस्तै…..

सरकार कहाँ छिन बिमला ओली ? माननीय स्व. उत्तर कुमार ओलिको जीवन संगिनि,दाङ क्षेत्र न ३ ख को निवार्चनमा माननीय बिमला कुमारी खत्री ओलि बैशाख १९ गते लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठकमा गएको, राजनीतिक दल परिवर्तन गरेको भन्ने समाचार समेत सुन्नमा आयो,लोकतन्त्रमा एउटैमात्र दलमा रहिरहनु पर्छ भन्ने छैन,दल फेर्न पाइन्छ। बैशाख १९ गते साझ देखि उहाँ अज्ञात हुनुहुन्छ , फोन अफ गर्नु भएको छ, सम्पर्कमा हुनुहुन्न किन यस्तो भयो राजनैतिक दल परिवर्तन गरेको भएपनी खुशिका साथ जनताको माझमा जाने, सार्बजनिक हुने हो, फेरि जनप्रतिनिधिको जीवन भनेकै सार्बजनिक जीवन हो,सामान्य जनताले फोन अफ गर्दा त तनाब हुन्छ भने माननीय जस्तो गरिमामय पदमा रहेको ब्यक्ति सम्पर्क बिहिन हुँदा के हुन्छ होला ?

यति लामो समय सम्म उहाँ सार्बर्जनिक नहुदा सम्पर्कमा नआउदा पनि नबोली बस्न सकिन्छ जस्तो लागेन,हिजोको उपनिर्बाचनमा म उहाँको भोटर मात्रै होइनरुप्रचारक पनि थिए,अरु अरु ठाउँको म जान्दिन,मैले मतदान गरेको,दाङ ३ ख का जनताले भोट हालेर जिताएको माननीय जसरी नि सार्बजनिक हुनुपर्छ , कुनै कारणले माननीय बिमला ओलि लाई अप्ठ्यारो पर्यो भने माननियको समेत शान्ती सुरक्षा दिन नसक्ने सरकार र प्रदेश मुख्यमन्त्री बिरुद्ध सडकमा नारा जुलुस गर्नेको भिड हुनेछ।

सामान्य मान्छेले कुनै ब्यक्ति बन्दक बनाएर राख्यो भने प्रशासनले मुद्दा चलाउछ भने माननीय बिमला ओलि लाई बन्दक बनाउने लाई किन मुद्दा नचलाउने? म दाङ ३ ख को उहाँ लाई भोट हालेको भोटर हु, तत्काल माननीय बिमला ओलि सार्बजनिक हुनुपर्छ , सार्बजनिक गराउन प्रशासनको तत्काल पहल हुनुपर्छ , सरकार भएको अनुभुती दिनुपर्छ। अन्तमा सरकार बेखबर भएको हाम्रो माननीयको खोजी कार्य तत्काल गर र जसले बन्दक बनाएको छ नियमानुसार कार्यबाही गर ।

 

लुम्बिनी प्रदेश सभा सदस्य बिमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको कुरा सार्वजनिक भएपछि अहिले विभिन्न टिका टिप्पनी हुन थालेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको