June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
देउवा निवास पुगेर ओली गरे सहकार्यको प्रस्ताव, देउवाले के भने ?

देउवा निवास पुगेर ओली गरे सहकार्यको प्रस्ताव, देउवाले के भने ?

वैशाख २२, काठमाडौं । बुधबार अचानक उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली देउवा निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससंग आग्रह गरेका छन् ।

देउवा निवास बुढानिलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरेका हुन् । बैठकपछि नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले विश्वासको मत लिने प्रक्रियामा ओलीले सहयोग गर्न आग्रह गरेको बताए । तर जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको महतले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुको भेटवार्ता अहिले बूढानिलकण्ठमा देउवा निवास पुगेका हुन् । देउवानिवासमा जारी भेटवार्तामा कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा।शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौंला सहभागि रहेका छन् ।

भेटमा पछिल्लो राजनीतिक परिस्थिति, संसदको विशेष अधिवेशन, राष्ट्रिय सभा उप निर्वाचन लगायतका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने भएपछि सबैको ध्यान त्यता केन्द्रित भएको छ।

शीर्ष समाचार

धेरै पढिएको