June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
दुइ घण्टा देखि ओली र देउवा बीच भेटवार्ता जारी, कांग्रेस बाट अरु को को छन छलफलमा ?

दुइ घण्टा देखि ओली र देउवा बीच भेटवार्ता जारी, कांग्रेस बाट अरु को को छन छलफलमा ?

वैशाख २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुको भेटवार्ता अहिले बूढानिलकण्ठमा जारी छ । बुधबार अचानक उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली देउवा निवास पुगेका हुन् ।

देउवानिवासमा जारी भेटवार्तामा कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा।शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौंला सहभागि रहेका छन् ।

भेटमा पछिल्लो राजनीतिक परिस्थिति, संसदको विशेष अधिवेशन, राष्ट्रिय सभा उप निर्वाचन लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफलका लागि देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने भएपछि सबैको ध्यान यति बेला संसद्को अंकगणितमा केन्द्रित भएको छ।

शीर्ष समाचार

धेरै पढिएको