June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
गण्डकी र सुदुर पश्चिमका नवनियुक्त प्रदेश प्रमुख पौडेल र यादवले लिए सपथ, को हुन उनिहरू – यस्तो छ इतिहास ?

गण्डकी र सुदुर पश्चिमका नवनियुक्त प्रदेश प्रमुख पौडेल र यादवले लिए सपथ, को हुन उनिहरू – यस्तो छ इतिहास ?

वैशाख २०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको सपथ गराएकी छन्। सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।

पौडेल र यादव दुवैजनालाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले सपथ गराएकी हुन्। भण्डारीले नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुख पदको पद तथा गोपनियताको सपथग्रहण गराएकी हुन्।

पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन्। उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघको नेतृत्वमा थिइन्।

त्यस्तै यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए। उनी राप्रपा नेपालबाट उपसभामुख बनिसकेका व्यक्ति हुन्। यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए।

सोमबारको मन्त्रिपरिषद बैठकको सिफारिसमा भण्डारीले प्रदेश प्रमुख अमिक शेरचन र सर्मीलाकुमारी पन्तलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए। नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। शेरचन र त्रिपाठी दुबै जना माओ‌वादी केन्द्रका पूर्वनेता हुन्।

यस अगाडि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी डा. राजेश झा (अहिराज)लाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्।

शीर्ष समाचार

धेरै पढिएको