May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
मुख्यमन्त्री पोखरेलले लिए, पद तथा गोपनियताको सपथ

मुख्यमन्त्री पोखरेलले लिए, पद तथा गोपनियताको सपथ

बैसाख १९,बुटवल । विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित वहुमत दावी गरेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन ।

दोश्रोपटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले राति ८ बजे पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिएका थिए ।

हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए ।

तर प्रदेश प्रमुख यादवले यस अघि नै ४१ जनाको हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अल्पमतका नेतालाई मुख्यमन्त्री नियुक्त र सपथ गराइएकोप्रति विपक्षी गठबन्धनले आपत्ति जनाएका छन् ।

उनीहरुले मुख्यमन्त्रीको सपथ नगराउन प्रदेश प्रमुख कार्यालयमा धर्ना दिए पनि कडा सुरक्षा प्रबन्ध गरी पोखरेललाई सपथ गराइएको हो ।

उनिहरूले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि गठबन्धनले प्रदेश प्रमुखसामु दाबी पेश गरेको थिए ।

४२ सांसदको हस्ताक्षरसहित गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख धर्मनाथ यादवसामू दाबी पेश गरेको थियो ।

प्रदेश प्रमुख यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई एकल बहुमतका आधारमा भन्दै मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन्।

यसमा काग्रेसका १९, माओवादीका १८, जसपाका २, जनमोर्चाका १ सहित सूर्य चिन्हबाट चुनाब लडेका २ जनाको हस्ताक्षर छ।

सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि गठबन्धनका पक्षमा हस्ताक्षर गरेका छन्। तर प्रदेश प्रमुखले मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेर पद तथा गोपनियताको सपथ ख्याएका छ्न ।

शीर्ष समाचार

धेरै पढिएको