May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
प्रचण्डको नयाँ प्रस्तावले माओवादीहरू उत्साहित

प्रचण्डको नयाँ प्रस्तावले माओवादीहरू उत्साहित

बैशाख १७, काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रस्ताव गरेपछि एक हदसम्म संगठनात्मक संरचना सुधारको लयमा जाने उत्साह पलाएको बताइन्छ।

स्थायी समितिको बैठकमा प्रचण्डले समावेसी प्रतिनिधित्वका आधारमा केन्द्रदेखि तल्लो तहसम्म प्रतिशतका आधारमा सहभागीता हुनुपर्ने नयाँ प्रस्ताव पेस गरेका थिए जसलाई पारित गरिएको छ।

प्रचण्डले अब केन्द्रदेखि जिल्ला तहसम्म पार्टी संगठनमा कम्तिमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र २० प्रतिशत ४० बर्षमुनिका पार्टी कार्यकर्ताको अनिवार्य सहभागीता हुनुपर्ने प्रस्ताव गरेका थिए।

‘संगठनात्मक संरचनामा एकाधिकार केन्द्रदेखि तल्लो तहसम्म हुँदा समावेशीता मुद्दा मात्र बनेको थियो अब अनिवार्य कार्यान्वयन हुने भएपछि उत्साह स्वभाविक हो’, कतिपय नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘अब माओवादी बलियो र स्थायी कम्युनिस्ट शक्तिका रुपमा स्थापित हुनेछ।’

पार्टीले धेरै हन्डर खाए पनि जनाधार कमजोर हुन नदिनका लागि प्रचण्डको यो प्रस्ताव आएको थियो। ‘समावेशीतालाई कसरी सहभागीतामुलक बनाउनुपर्छ, युवा पंक्ति कसरी समेटिन्छन् भन्ने उदाहरण हो’, माओवादीका युवा नेता तथा अनेरास्ववियु क्रान्तिकारीका पूर्वउपाध्यक्ष मदन चुडाल भन्छन्,‘अव हरेकले अवसर पाउने प्रस्ताव आएको छ। यसले युवा वर्गमा पनि उत्साह थपेको छ।’

आदीवासी जनजाती, दलित, मधेसी र अन्य समुदायको राजनीतिमा सहभागीता र फड्को मार्ने मुद्दालाई स्थापित गरे पनि आफ्नै दलको संगठनात्मक ढाँचा त्यस्तो नदेखिदा प्रचण्डको आलोचना भएको थियो।

तर उनले नयाँ प्रस्ताव ल्याएर पारित मात्र गराएका छैनन्, केन्द्रीय कमिटी छरितो बनाउनका लागि २९९ सदस्यीय मात्र हुने जनाएका पनि छन्। उक्त कमिटीले विधान र वैधानिक हिसाबले नै तल्ला तहसम्ममा परिचालन बलियो पार्ने बताइन्छ।

माओवादीले पार्टीलाई पुनर्गठन, पुर्नसंगठन गर्नका लागि टुटफुटमा पुगेकालाई पनि समेटी वडा तहसम्म प्रभावकारी संगठन निर्माणको अभ्यास थालेको छ।

शीर्ष समाचार

धेरै पढिएको