June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
ओली सरकार नढल्ने संकेत, देउवाले गरे यस्तो खुलासा

ओली सरकार नढल्ने संकेत, देउवाले गरे यस्तो खुलासा

बैशाख १७, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल बैकल्पिक सरकार बन्न नसक्ने जनाएका छन् । उनले त्यस्तो सरकार गठन गर्न आफूहरुसँग आवश्यक संख्या नै नपुग्ने भएकाले त्यो सम्भावना नरहेको बताएका हुन् ।

शुक्रबार नीजि निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले बैकल्पिक सरकार गठनबारे सोधेको प्रश्न देउवाले वैकल्पिक सरकार गठन गर्न संख्या नै नपुग्ने बताए । ‘बहुमत चाहिन्छ कि चाहिँदैन ? बहुमत त चाहिन्छ नि !’, सभापति देउवाले भने, ‘अहिलेको अवस्थामा बैकल्पिक सरकार बन्न सक्ने अवस्था छैन । यद्यपी पहल जारी छ ।’

उनले वैकल्पिक सरकार गठनका लागि तत्काल जसपाले निर्णय गरेर आउनेमा पनि आफु विश्वस्त नभएको बताए ।
‘त्यसकारण यस्तो अवस्थामा तत्काल वैकल्पिक सरकार बन्ने अवस्था छैन’, देउवाले आफ्नो वेवास्ताका कारण सरकार बन्न नसकेको भनेर आरोप लगाउनेहरूलाई लगाइरहन दिनुपर्ने बताए । ‘आरोप लगाउनेहरूलाई मेरो भन्नु केही छैन । सवै कुरा भनिराख्न आवश्यक छैन । मैले गर्ने काम गरिरहेको छु’, सभापति देउवाको भनाइ छ ।

प्रमुख प्रतिपक्ष दलका नेताको यस भनाइले केपी ओली नेतृत्वको वर्तमान सरकार झन बलियो भएको छ । जसपामा पनि ओलेव सरकारको विरुद्ध एकमत भएर निर्णय नगरेको बेला माओवादी मात्रै सरकार परिवर्तनको पक्षमा रहेको छ । तर यस्तो अवस्थामा कसैले चाहेर पनि ओली सरकारको निरन्तरतामा अवरोध गर्ने शक्ति छैन ।

तर काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले चैत २० गतेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न देउवाले रुची नदेखाएको बताउदै आएको छन ।

पत्रकार सम्मेलनमा देउवाले कोरोना नियन्त्रणमा सरकारको अकर्मण्यता र अक्षमाताको परिणाम दोस्रो लहरको कोरोना भयावह भएको बताए । उनले यसको रोकथामका लागि पार्टी पंक्ति लाई परिचालन गर्ने भन्दै सरकारलाई हिजो गरेका गल्ती नदोहोर्याउन र गम्भीर बन्न आग्रह गरे ।

उनले कोरोना टेस्ट नगरी गाउँमा मानिसहरु पठाएर सरकारले नै गाउँमा समेत कोरोना फैलाउने काम गरेको आरोप लगाए ।

शीर्ष समाचार

धेरै पढिएको