October 26, 2021, Tuesday
२०७८ कार्तिक १०, बुधबार
व्यक्तिका कारणले पार्टी धरापमा पर्नु हुदैन-गुलाबजंग शाह

व्यक्तिका कारणले पार्टी धरापमा पर्नु हुदैन-गुलाबजंग शाह

सल्यान,४ पौष।

नेपाल कम्युनिष्ट पार्टी   (नेकपा)  का केन्द्रिय सदस्य  तथा सल्यान  जिल्ला सह-ईन्चार्ज  गुलाबजंगशाहले  कुनै पनि व्यक्तिका कारणले सिङ्गो पार्टी  धरापमा पर्न नहुने बताउनु भएको छ।

सिद्द कुमाख गाउपालीका वडा न-२भड़ारेमा प्रदेश सरकार र गाउपालीकाको साझेदारीमा निर्माण कार्य सम्पन्न भएको चाखलिघाट-भड़ारे बिजुलीबत्ति तथा स्वास्थ्य इकाई भडारे उद्घाटन कार्यक्रमलाई  संबोदन  गर्दै उहाँले   यस्तो बताउनु भएको हो।

पार्टी कमिटी,स्थानीय र प्रदेश  सरकारका अराजकता प्रती इन्कित गर्दै सल्यान प्रदेशसभा ‘क’ बाट निर्बाचित माननीय सदस्य तथा नेकपा  कर्णाली  प्रदेश संसदीय  दलका प्रमुख सचेतक शाहले   कोहि पनि  पार्टी   सदस्य हुदैमा, पार्टीको तर्फबाट   जनप्रतिनिधि   हुदैमा  ,  पार्टीको झोला  बोक्दैमा भ्रष्टचार गर्ने छुट नभएको बताउनु भएको हो।

जनताले    आफ्नो    छाक     कटाएर   तिरेको    करलाई जनप्रतिनिधिले जनताकै बिकासमा अगुवाई गर्नुपर्ने र यदि कोहि कसैले  दायाबायाँ गरे अब  पार्टीले  लगाम  लगाउने समेत उहाले चेतावनी दिनुभएको छ।

प्रदेश सरकार र गाउपालिका संयुक्त लगानीमा निर्माण सम्पन्न भएका योजना उद्घाटन कार्यक्रमको अध्यक्षता गाउपालिका उपाध्यक्ष पुष्पा बोहोराले गर्नुभएको थियो भने उदघोषण भिम भण्डारी गर्नुभएको थियो। कार्यक्रममा नेकपा सिद्दकुमाखा अध्यक्ष जितबहादुर चलाउने र वडा नं १ का वडाध्यक्ष एवं नेकपा सिद्ध कुमाखका पार्टी सचिव रामबहादुर बस्नेत लगायतको पनि आतिथ्यता रहेको थियो।

शीर्ष समाचार

धेरै पढिएको