June 14, 2021, Monday
२०७८ जेष्ठ ३१, सोमबार
सांसद हराएपछी गण्डकी प्रदेश सभाको बैठक स्थगित, सांसद भेटिए – यस्तो अवस्थामा

सांसद हराएपछी गण्डकी प्रदेश सभाको बैठक स्थगित, सांसद भेटिए – यस्तो अवस्थामा

१५ वैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका ३ सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उनको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधबार नै प्रदेशसभामा पत्र दिएकी थिइन् ।

प्रदेशसभा सदस्य शाहीको खोजी गर्न माग गर्दै थापाले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतलाई पनि पत्र दिएकी छन् ।

तर बुधबार सम्पर्कविहीन भएका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिएका छन् । उनी चरक अस्पतालको कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका स्रोतले जनाएको छ ।

तर उनी सम्पर्कविहीन भएपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ । सभामुखले बैठक स्थगित गरेका हुन ।

अविश्वास प्रस्तावमाथि मतदानकै दिन राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाही अनुपस्थित भएका थिए । सांसदले बोल्ने क्रम सकिन लाग्दासम्म उनी संसदमा नआएपछि कांग्रेस सांसद मेखलाल श्रेष्ठ, जनमोर्चाकी पियारी थापा र जसपा सांसद धनमाया लामा गाडी लिएर खोज्न निस्किए पनि शाही भेटिएका थिएनन् ।

आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुने तालिका थियो । मुख्यमन्त्री विरुद्ध माओवादी, कांग्रेस, जसपा र राजमोले अविस्वासको प्रस्ताव ल्याएका थिए तर, राजमोका सांसद शा नआए नआएपछी मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव फेल हुने अंकगणित थियो ।

उनी मतदानको समयसम्म नआए अविश्वास प्रस्ताव ल्याएका दलको पक्षमा ३० मत मात्रै हुन्थ्यो । अविश्वास प्रस्ताव पास गर्न ३१ मत आवश्यक हुन्छ ।

शीर्ष समाचार

धेरै पढिएको