May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
कर्णालीमा फ्लोर क्रस गरेका ज्वालालाई पुराना सहकर्मी डाँगीले दिए झड्का लाग्ने प्रतिक्रिया

कर्णालीमा फ्लोर क्रस गरेका ज्वालालाई पुराना सहकर्मी डाँगीले दिए झड्का लाग्ने प्रतिक्रिया

बैशाख १४, सल्यान । पार्टीको ह्वीप विपरिप फ्लोर क्रस गरेपछी यतिवेला कर्णाली प्रदेशका पूर्व आर्थिक मामला तथा योजना मन्त्री प्रकाश ज्वाला सहित एमााले बाट निर्वाचित ४ जना सांसद चर्चामा रहेका छन ।

सल्यान प्रदेशसभा ख बाट निर्वाचित ज्वाला सहित एमालेका ४ जना सांसदले बैशाख ३ गते पार्टीको हुवीप विरुद्ध माओबादी केन्द्रका महेन्द्रबहादुर शाहिको सरकारलाई विस्वासको मत दिएका थिए । पार्टीको ह्वीप विपरित गएपछि उनिहरुलाई पार्टीले कारबाही गरेको छ । सोमबार देखी उनिहरुको सांसद पद खारेज भएको छ ।

ज्वाला सांसद पदमुक्त भएपछि उनलाई सल्यानमा पाटी स्थापना देखी विस्तार गर्ने समयसम्म महत्वपूर्ण साथ सहयोग गरेका सहयात्री लोकबहादुर डाँगीले भने कडा प्रतिक्रिया दिएका छन । ज्वालाले सधैं आफ्नै कमरेडहरु सँग दाउँचेचको राजनिति गरेको, आफ्नो मात्रै व्यवस्थापनमा ध्यान दिएको, जालझेल र सड्यन्त्र मात्रै गरेकोले उनको यो अवस्था आएको टिप्पनी गरेका छन ।

मंगलबार सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले यस्तो बताएका हुन ।

यस्तो छ – उनको स्टाटस :

बहुदलिय प्रजातन्त्रको पुनर्स्थापना सँगै २०४६ सालदेखि सल्यान जिल्लामा बाम आन्दोलनको सुरुवात भयो र बिभिन्न कम्युनिस्ट पार्टिका संगठित स्वरुपहरु तयार हुन थाले। सोहि सिसिलसिला अनुरुप नेकपा (एमाले) ले पनि आफ्नो संगठन बिस्तार अभियान चलायो ।

 

 

दाङका छबिलाल ओलिलाइ ल्याएर उम्मेद्वार उठाउने देखि जिल्ला कमिटि सल्यानको सचिब समेत उनै छबि लाल ओलिलाइ बनाउनु पर्ने अबस्था रहेको यो जिल्लामा पार्टीका गतिबिधि अगाडि बढाउनु त्यति सहज थिएन।

बिभिन्न चुनौहरुको सामना गर्दै सल्यानमा क्रीयाशिल हामि केहि कमरेडहरु – प्रकाश ज्वालाको नेत्रित्वमा निरन्तर अगाडि बढ्यौ र छोटै समयमा पार्टीप्रति जन बिस्वास जगाउन सकियो । बिस्वासका साथ एकपटक का लागि हामिले दियको नेतृत्व जालझेल र सड्यन्त्र गर्नामा माहिर प्रकश ज्वालाले लामै समय सम्म आफ्नै पोल्टामा राख्न सफल हुनुभयो र कसैलाइ पनि अगाडि बढन दिनुभयन। पार्टी संगठन र संसदमा समेत कब्जा जमाएर बस्नुभयो।

 

मैले त कहिले पनि आफुलाइ प्रकाश ज्वालाको प्रतिस्पर्धी ठानिन बरु २०५४ मा उदय बोहरा लगायतका केहि कमरेडहरु माले हुदा समेत म प्रकाश ज्वालाको बफादार सिपाही भयर बसे । प्रकाश ज्वालाको सामु आइपर्ने हरेक चुनौतिहरु ज्यानको प्रबाह नगरि सामना गरे । तर उहाँले भने आफुबाहेक अरु कसैको पनि ब्यबस्थापन गर्नु पर्छ भन्ने तिर सोच्दै सोच्नु भएन।

पार्टी भित्र बिभिन्न अन्तरबिरोध पैदा गराउने, त्यसैमा खेलेर आफु हिरो हुने र सर्बमान्ने नेता हुने कुचेस्टा गरिरहनु भयो । जस्को कारण नेकपा (एमाले ) सल्यान भित्र चरम गुटबन्दी सुरु भयो र त्यो ब्यक्तिगत दुश्मनीमा समेत परिनत भै पार्टिकै साथिहरुका बिचमा बोलचाल समेत बन्द हुने अबस्था सृजना भयो।

 

पार्टी भित्रको आन्तरिक अबस्था यति कमजोर भएका बेला नेकपा (माओबादि केन्द्र) संग चुनावी मोर्चा हुदै पार्टी एकता भयो । दुइ पार्टी बिच एकता पछिको अबस्था सल्यानमा त्यति उत्साहपुर्ण रहेना । किनकि एकता पूर्ब माओबादि भित्र पनि चरम गुटबन्दि र अस्वस्थ प्रतिस्पर्धा थियो।

यस्तो अबस्थामा भएको एकता पछिका दिनहरुमा पनि प्रकाश ज्वालाका सामु आइलाग्ने हरेक चुनौतिको सामना गर्ने दायित्व आफ्नै ठानियो र लागियो पनि। जति सहयोग गरेपनि अरुको बारेमा सोच्नु नपर्ने उहाँको प्रवृति जस्ताको त्यस्तै रहि रह्यो ।

नेपाल कन्युनिस्ट पार्टी ( नेकपा ) कर्णाली प्रदेश कमिटीले प्रदेश कमिटीका कमरेडहरुको कार्य बिभाजन गर्न खोज्दा म आफुले ब्यक्त गरेको ईच्छा बिपरित पूर्ब माओबादीको एक पक्ष संग मिलेर प्रकाश ज्वालाले मलाइ त्रीबेणीको इन्चार्ज बनाएर पठाउनु भयो । यो निर्णय प्रति म सन्तुष्ट थिइन र असन्तुष्टि जनाइ रहेको छ भन्ने थाहा हुदाहुदै उहाँले मलाइ एक कल फोन पनि नगरि त्रीबेणीको इन्चार्ज भयकोमा बधाई छ भनि म्यासेज पठानु भएको रहेछ ।

 

 

त्यो म्यासेज मेरो लागि काटिएको घाउमा नुनचुक लगए जस्तै भयो र मैले अत्यत्नै पिडा महसुस गरे। मलाइ असैह्य भयो अनि मैले उहाँलाइ रिप्लाइ लेखे – ‘नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) नामक तपाइको कर्णाली कन्स्ट्रक्सन प्रालिले दिएको यो जिम्मेवारि मलाइ मन्जुर छैन बरु तपाइकै कुनै सेयर सद्स्यलाइ दिनुहोला । जिबनभर तपाइको बफादार सिपाही हुदाहुदै पनि म संग राजनितिक दाउपेचको सुरुवात तपाइले गर्नुभएको छ । परिणामको पनि प्रतिक्षा गर्नुहोला ।’

आवेगपूर्ण ढङ्गबाट यस्तो खालको रिप्लाइ लेख्दै गर्दा म संग प्रकाश ज्वालाका विरुद्द कुनै ठोस योजन त थिएन तर पनि भगवान प्रति बिस्वास भने थियो। के बिस्वास थियो भने – भगबानके घरमे देर हे , अन्धेर नहि हे ।

ठिक आजको दिन भगवानले मेरो पुकार सुनेजस्तो लागि रहेको छ । किनकि म संग म राजनितिमा लागेदेखि आत्मसाथ गरेको बिचार जनताको बहुदलिय जनबाद छ र मेरो प्यारो पार्टी नेकपा ( एमाले ) छ। म आफ्नै मुलघरमा छु र कसैको घरको ढोका ढकढक्याउनु परेको छैन। सानो तिनो जस्तो सुकै भएपनि आफ्नै पार्टीको जिम्मेवारिमा छु।

उता प्रकाश ज्वालाले भने करिब करिब ३० बर्ष आत्मसाथ गरेको बिचार संग सम्बन्ध बिच्छेद गर्दै हुनुहुन्छ र प्यारो पार्टी बसेको मुल घरको ढोका उहाँको लागि बन्द हुदैछ। उहाँको लागि आफु मर्न र कसैलाइ मार्न पनि तयार रहेका तमाम कार्यकर्ताहरुले उहालाइ गद्दार घोषना गर्दै छन भने हिजो उहाँलाइ चरित्रहिन भन्दै भौतिक शरिरनै समाप्त गर्न खुकुरि उध्याउनेहरुले केहि दिनको लागि क्रान्तिकारी भन्दैछन ।

 

 

आज मलाइ पेलेर त्रीबेणी फाल्न सक्ने तागतको त कुरै छोडौं । उहाँसंग मुल पार्टीको साधारण सद्स्यता समेत छैन र अर्कै पार्टीको ढोका ढकढक्याउदै हुनुहुन्छ।अरु त छोडौं सल्यान जिल्लाको निर्बाचन क्षेत्र नम्बर ‘ख’ का जन्ताले दिएको मतबाट प्राप्त कर्णाली प्रदेश सभाको सांसद पद समेत (केहि मिडियाका अनुसार) ३ करोडमा साटिसक्नु भयो भन्ने हल्ला छ। जेहोस आफ्नो कार्यकाल नसकिदै सांसद पद समेत गुमेको छ । निधार खुम्च्याएर सोच्ने हो भने यो भन्दा घृणित र पतित काम अरु केनै हुनसक्छ र ?

जालझेल सड्यन्त्र र कुटनितिले सिमा नाघ्यो, पाप धुरिबाट करायो, शोषित र पिडित कार्यकर्ताहरुको पुकार भगवानले सुने । अन्त्यमा फेरि एकपटक भन्छु कि भगबानके घरमे देर हे, अन्धेर नहि हे ।

 

 

( डाँगी नेकपा एमालेका केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा भुमि सम्बन्धि समस्या समाधान आयोग सल्यानका अध्यक्ष समेत हुन । )

 

शीर्ष समाचार

धेरै पढिएको