May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
खनाल- नेपाल समुह द्वारा ६७ जिल्लामा समानान्तर कमिटी गठन, सल्यान अध्यक्षमा बोहरा

खनाल- नेपाल समुह द्वारा ६७ जिल्लामा समानान्तर कमिटी गठन, सल्यान अध्यक्षमा बोहरा

बैशाख ०३ सल्यान । एमालेमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नौ प्रदेश (दुई गैरभौगोलिक), ६७ जिल्ला कमिटी, दुई महानगर कमिटी र पाँच जनवर्गीय संगठनको केन्द्रीय कमिटी पुनर्गठन गर्दै समानान्तर कमिटी बनाएको छ ।

सोही क्रममा उक्त समुहको सल्यान जिल्लाको अध्यक्षमा उदय बहादुर बोहरा चयन भएका छ्न । शुक्रबार निर्माण व्यवसायी संघ सल्यानको हलमा बोहराको नेतृत्वमा १३५ सदस्यीय समानान्तर जिल्ला कमिटी घोषणा गरिएको छ । एमालेको अधिवेशन बाट निर्वाचित अध्यक्ष गोबिन्द पुन ओली तर्फ लागेपछि बोहरालाई माध्ब खनाल समूहले अध्यक्षमा मनोनीत गरेको हो ।

गत ४ र ५ चैतको राष्ट्रिय भेलाको निष्कर्ष बमोजिम प्रदेश, जिल्ला र जनसंगठन पुनर्गठन गर्ने अभियानलाई तीव्रता दिइएको जानकारीसहित खनाल–नेपाल समूहले आन्तरिक सर्कुलर जारी गरेको छ । वरिष्ठ नेता नेपालले सर्कुलर मार्फत कमिटी पुनर्गठन अभियानलाई वडा तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै दुईमहिने पार्टी वैचारिक तथा संगठनात्मक सुदृढीकरण अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

२१ चैतमा बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठकले देशव्यापी रूपमा सो अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियान सञ्चालनका लागि वैशाख दोस्रो सातासम्म प्रदेश, जिल्ला र जनसंगठनलाई बैठक राखेर वडा तहसम्मको योजना बनाउन नेपालले निर्देशन दिएका छन् ।

अभियान अन्तर्गत उपत्यकामा ९ वैशाखमा पार्टी स्थापना दिवसका सन्दर्भमा ‘प्रधानमन्त्री केपी ओलीले गरेको पार्टी विखण्डन र विसर्जनकारी कार्यका विरुद्ध’मा विशेष कार्यक्रम गर्ने, १३ वैशाखमा विराटनगरमा प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आयोजना गर्ने, ३ जेठमा मदन–आश्रित स्मृति दिवसमा चितवनमा विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ । त्यस्तै, खनाल–नेपाल समूहले एक सय चारजना केन्द्रीय सदस्यका लागि कार्यविभाजनको गृहकार्य पनि अगाडि बढाएको छ ।

यी हुन ६७ जिल्लाका समानान्तर कमिटीका अध्यक्ष

प्रदेश १ : ताप्लेजुङ– बलबहादुर साम्सोहाङ, पाँचथर– कमल जगेबु, इलाम– भक्त केसी, झापा– देवराज रेग्मी, मोरङ– चन्द्रवीर राई, सुनसरी– रमेश बस्नेत, धनकुटा– अर्जुन राई, तेह्रथुम– लक्ष्मण तिवारी, संखुवासभा– हेमराज घिमिरे, भोजपुर– शरण राई, खोटाङ– बबी चाम्लिङ, उदयपुर– ईश्वरमणि राउत, ओखलढुंगा– हर्कबोल राई, विराटनगर महानगरपालिका– पारुल क्षेत्री

प्रदेश २ : सप्तरी– गोविन्द न्यौपाने, सिराहा– प्रमोदनारायण यादव, धनुषा– रामचन्द्र पण्डित, सर्लाही– रेवती पन्त, रौतहट– कमल राय यादव, बारा– सुन्दर विश्वकर्मा, पर्सा– बालगोपाल थापा

बागमती प्रदेश : सिन्धुली– सूर्य पाख्रिन, रामेछाप– शान्ति पौडेल, दोलखा– भीम दाहाल, काभ्रे– टोकबहादुर बाइवा, सिन्धुपाल्चोक– झंक नेपाल, नुवाकोट– नारायण खतिवडा, धादिङ– शिवराज कँडेल, मकवानपुर– मुनु सिग्देल, चितवन– तेजेन्द्र खड्का, काठमाडौं– वसन्त मानन्धर, ललितपुर– हरिकृष्ण थापा, भक्तपुर– रजन केसी, रसुवा– पेम्बा तामाङ

गण्डकी प्रदेश : गोरखा– यादव बस्नेत, तनहुँ– शंकरनारायण श्रेष्ठ, लमजुङ– रामबाबु अधिकारी, म्याग्दी– बालकृष्ण सुवेदी, बाग्लुङ– इन्द्रलाल सापकोटा, पर्वत– भक्त कुँवर, कास्की– धनराज आचार्य, स्याङ्जा– रामचन्द्र भट्टराई, नवलपरासी पूर्व– धनञ्जय शर्मा, पोखरा महानगरपालिका– मुक्तिनाथ पौडेल

लुम्बिनी प्रदेश : रुपन्देही– राजु गुरुङ, गुल्मी– सोमनाथ सापकोटा, अर्घाखाँची– रामबहादुर चौहान, दाङ– टीकाराम खड्का, प्युठान– भोजविक्रम बुढामगर, पूर्व रुकुम– भिउमान घर्ती, रोल्पा– हरि घर्ती, बाँके– अशोक कोइराला, बर्दिया– प्रेमप्रसाद पोखरेल, परासी– शिवलाल कँडेल

कर्णाली प्रदेश : सुर्खेत– ध्रुव शाही, दैलेख– नरनाथ योगी, सल्यान– उदय बोहोरा, पश्चिम रुकुम– विमल पुन, मुगु– धर्मराज शाही, जाजरकोट– करवीर शाही, जुम्ला– तीर्थ बुढा, हुम्ला– दल रावल

सुदूरपश्चिम प्रदेश : बैतडी– महादेव भट्ट, डडेलधुरा– डा. तारा जोशी, कञ्चनपुर– तारा लामा, कैलाली– दीर्घ सोडारी, अछाम– शेरबहादुर कुँवर, डोटी– चक्र मल्ल, बाजुरा– गगन रावल, बझाङ– दिलबहादुर सिंह

प्रदेशका संयोजकहरू
प्रदेश १ मा भीम आचार्य, २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनीमा युवराज ज्ञवाली, कर्णालीमा प्रकाश ज्वाला, सुदूरपश्चिममा भीमबहादुर रावल, सम्पर्क समन्वय कमिटीमा बेदुराम भुसाल, उपत्यका विशेषमा डा. विजय पौडेल

पाँच जनसंगठनमा पनि समानान्तर कमिटी
अनेमसंघमा जयन्ती राई संयोजक रहेको तीन सय ८० सदस्यीय, राष्ट्रिय युवा संघ नेपालमा नरेश शाही संयोजक रहेको पाँच सय एक सदस्यीय, अनेरास्ववियुमा सुदेश पराजुली संयोजक रहेको पाँच सय एक सदस्यीय कमिटी पुनर्गठन त्यस्तै, खेलकुद महासंघमा पुरुषोत्तम पौडेल संयोजक रहेको दुई सय पाँच सदस्यीय, उत्पीडित जातीय मुक्ति समाजमा गणेश विश्वकर्मा संयोजक रहेको दुई सय ७१ सदस्यीय कमिटी

शीर्ष समाचार

धेरै पढिएको