June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
नयाँ वर्षको अवसरमा सांसद शाह द्वारा शुभकामना आदानप्रदान सँगै खेलकुद प्रतियोगिता उद्घाटन

नयाँ वर्षको अवसरमा सांसद शाह द्वारा शुभकामना आदानप्रदान सँगै खेलकुद प्रतियोगिता उद्घाटन

दुर्गा विसि / बैशाख ०१, सल्यान । सल्यानको बनगाडमा नयाँ बर्षको अवरमा शुभकामना आदानप्रदान सँगै खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताको नेकपा एमालेका केन्द्रिय सदस्री, कर्णाली प्रदेश सह इन्चार्ज, एमाले कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेत तथा सल्यान प्रदेश सभा (ख) का सांसद गुलाबजंग शाहले उद्घाटन गरेका हुन ।

बुधबार सल्यानकाे पश्चिम क्षेत्र बनगाड कुपिण्डे नगरपालिका वडा नं. ५ काे कफ्लेनिमा नयाँ वर्षको अवसर पारि युवाहरु द्वारा अायाेजित खेलकुद प्रतीयोगिताको सचेतक शाहले उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै उनले कर्णाली प्रदेशमा नयाँ वर्षको अागमन सँगै नयाँ सरकारकाे धुप वढिरहेकाे भएता पनि उनले आफ्नो निर्वाचन क्षेत्रमा ध्यान दिएको वताए ।

गाउँमा खानेपानी पुगिसकेको र अब व्यवस्थापनकाे लागि थप वजेट विनियोजन हुने उनले बताए । सामुदायिक स्वास्थ्य इकाई भवन, विद्यालयमा थप दरवन्दि, विद्यालयमा भवन निर्माण, खानेपानी व्यवस्थापन, सडक स्तरवृद्दि, वत्तिकाे लागि प्रक्रिया अघि वढाउने संसद शाह र नगर प्रमुख पुनले त्यहाँका नागरिक सँग फेरि पनि प्रतिबद्धता जनाएका छन ।

 

कार्यक्रममा वाेल्दै संसद शाहले नगरकाे उच्च भुभागमा रहेको लाँखर, मैनेनि, कफ्लेनि, स्याला लगाएतका क्षेत्रमा अाफ्नाे पहल र नगर प्रमुख पुनकाे अग्रसरतामा सडक सञ्जाल जाेडिएको उनले बताए ।

नगरकाे उच्च भुभागमा अायाेजित भलिबल प्रतियोगितामा नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज तथा प्रदेश संसद गुलाव जंग शाह, नगर प्रमुख गाेविन्द कुमार पुन लगाएतले त्यहाँ पुगेर शुभकामना अादान प्रदान तथा खेल उद्घाटन गरेका थिए ।

नयाँ वर्षको अवसरमा बनगाडको कफ्लेनिमा एचपि युथ ग्रुपले अायाेजना गरेको खेलकुद प्रतियोगितामा संसद शाह, नगर प्रमुख गाेविन्द कुमार पुन, जिल्ला समन्वय समिति सदस्य अाषा वलि, नेकपा एमाले नगर इन्चार्ज अकबर पुन, नगर अध्यक्ष गञ्जमान वुढा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य उषा राना, नेकपा माअाेवादि केन्द्रका पिउपर खत्री, खेलकुद प्रतियोगिताका संयोजक हस्त पुन, युवा संघका विवेक पुन, वडा सदस्य कुलवहादुर खत्री लगाएतका बक्ताले धारण राखेका थिए ।

एचपि ग्रुपका अध्यक्ष मानवहादुर खत्रीको सभाअध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हिरालाल रानाले गरेका थिए ।साथै स्थानीयले प्रदेश संसद शाहलाई सडक, खानेपानी, विद्यालयकाे यावत समस्या, विधुतिकरण, स्वास्थ्य इकाई भवन लगाएतका विकास निर्माणका सवालमा माग पत्र पेस गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको