June 14, 2021, Monday
२०७८ जेष्ठ ३१, सोमबार
नेपाल पत्रकार महासंघ सल्यानको कार्यसमितिमा नयाँदृष्टिकर्मी मेघा रेउले सँगै मगर र शर्मा निर्विरोध निर्वाचित

नेपाल पत्रकार महासंघ सल्यानको कार्यसमितिमा नयाँदृष्टिकर्मी मेघा रेउले सँगै मगर र शर्मा निर्विरोध निर्वाचित

चैत २१, सल्यान । नेपाल पत्रकार महासंघ सल्यानको समाबेशी महिला सदस्यमा नयाँ दृष्टिकर्मी मेघा रेउले सँगै हरिप्रकाश पुन ( एचपी मगर) र गोपाल शर्मा निर्विरोध निर्वाचित भएका छन ।

आइतबार बेलुका चार बजेसम्म भएको उम्मेदवारी दर्ताको क्रममा समाबेशी महिला सदस्य (मेघा रेउले) जनजाती सदस्य (एचपी मगर) र अन्य समाबेशी ( अपांग ) सदस्य (गोपाल शर्मा) पदमा एउटा / एउटा मात्रै उम्मेदवारी परेपछि उनिहरू निर्बिरोध निर्वाचित भएका हुन ।

निर्वाचित हुने रेउले नयाँ दृष्टि डटकम को समाचार प्रमुख हुन । त्यस्तै एचपी मगर रेसेन्ट खबरका संचालन/ संपादक हुन भने शर्मा रेडियो शारदाका प्राविधिक हुन ।

महासंघको नयाँ कार्यसमिति चयनको लागि यहि चैत २५ गते देशभर निर्वाचन हुदैछ । सल्यानमा नयाँ कार्यसमितिको लागि विभिन्न पदमा दुई वटा प्यानल बाट उम्मेद्वारी दर्ता भएको छ । 

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको