October 26, 2021, Tuesday
२०७८ कार्तिक १०, बुधबार
प्रेस नोट पढेर दया लाग्यो : अरुण , ओली समुहका वडाध्य्क्ष भन्छन : मलाई कसैले धम्की दिएको छैन

प्रेस नोट पढेर दया लाग्यो : अरुण , ओली समुहका वडाध्य्क्ष भन्छन : मलाई कसैले धम्की दिएको छैन

माघ १८, सल्यान । सल्यानको दार्मा गाउँपालिका अध्यक्ष तथा प्रचण्ड – माधव समुहका कर्णाली प्रदेश कमिटी सदस्य निमबहादुर केसी ‘अरुण’ले आफ्ना स्थानीय नेताकार्यकर्तालाई जिउज्यान मार्ने धम्की दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सल्यान केपि ओली समुहका अध्यक्ष गोबिन्द कुमार पुनले निकालेको बिज्ञप्तिको गाउँपालिका अध्यक्ष अरुणले खण्डन गरेका छन ।

नेकपा अध्यक्ष पुनद्वारा जारी गरिएको बिज्ञप्तिको खण्डन गर्दै उनले प्रेस नोट पढेर उनि प्रति दया लागेको बताएका छन । “कमरेड गोविन्द पुनज्यूको यो प्रेस नोट पढेर उहाँप्रति दया लाग्यो।” उनले भनेका छन- “यथार्थता नबुझी कसैले दिएको प्रायोजित सूचनाका आधारमा प्रेस नोट जारी गर्दा प्रेस नोटको अवमूल्यन भएको छ ।”

गापा अध्यक्ष अरुणले आफुले कसैलाई ज्यानमार्ने धम्की नदिएको र धम्की दिन जरुरी पनि नभएको स्पष्ट पारेका छन । सत्य तथ्य खोज गर्ने जिम्मा तेस्रो पक्षलाई भन्दै उनले शरीरमा एक थोपा रगत र एक मुठी सास रहँदासम्म सबैखाले षडयन्त्र, अन्याय र अपमानका बिरुद्द लडिरहने प्रण गरेको बताएका छन ।

मलाई कसैले धम्की दिएको छैन : वडाध्यक्ष रोकाय

त्यस्तै नेकपा अध्यक्ष पुनद्वारा जारी गरिएको बिज्ञप्तिमा धम्की दिइएको भनिएका ओली समुह दार्मा गापा वडा नं ३ का वडाध्यक्ष देव बहादुर रोकायले आफुलाई कसैले धम्की नदिएको बताएका छन ।

“मलाइ कसैले ज्यान मार्ने धम्की दिएको छैन । नयाँ दृष्टि सँग उनले भने – “वास्तविक कुरा गर्नुपर्छ, खासमा अध्यक्षले हिजो सँगै भएकाहरू सँगै बसौं नत्र काँग्रेसलाई फाइदा हुन्छ भन्नू भएको हो । त्यसक्रममा राजनीतिक बिषयलाई लिएर केही चर्काचर्की भएको हो । तर मलाई ज्यानमार्ने धम्की दिएको होइन। अरुको बिषयमा म भन्न सक्दिन।”

त्यस्तै सामाजिक संजालमा पनि उनले स्पस्टिकरण दिएका छन । उनले लेखेका छन – ” मलाई कसैले धम्की दिएको छैन । दिन पनि सक्दैन । बिना गल्ति राजनैतिक आस्थाको भरमा दिन्छ भने म कसैलाई गुहार्दैन आफै फेस गर्न चाहान्छु। तर म कसैलाइ झुटो आरोप लागाउन चाहदैन तर अरुलाइ के भो कहाँ भो म लाई थाहा छैन तर मलाइ न सोधी मेरो नाम ने क पा को प्रेस बिगप्तिमा देखिएकोमा मेरो घोर आपती छ । तर यो कसै प्रती डराएर हैन डराउने वानि झुक्ने बानी छैन । त्यहि हो मेरो बानी राजनिती हिजो एक ठाउँ मा थियो आज एक ठाउँ मा छ भोलि कहा हुने हो भविस्य ले बताउँछ तर अरुको के भो कहाँ भो मलाइ थाहाछैन। म लाई ताइय तुय को राजनैतिक गर्ने आउदैन सहि सत्यको पक्षमा छु म । मेरो लक्ष्य भनेको राम्रो कामको सपोट गलतमा खवरदार गर्नु हो।”

गाउँपालिका अध्यक्ष अरुणको खण्डन जस्ताको त्यस्तै :

कमरेड गोविन्द पुनज्यूको यो प्रेस नोट पढेर उहाँप्रति दया लाग्यो। यथार्थता नबुझी कसैले दिएको प्रायोजित सूचनाका आधारमा प्रेस नोट जारी गर्दा प्रेस नोटको अवमूल्यन भएको छ ।

प्रस्ट गर्न चाहान्छु कि मैंले कसैलाई ज्यान मार्ने धम्की दिएको छैन र त्यो धम्की दिन कुनै जरुरी पनि छैन । उहाँहरूले आफ्नो औकात र विवेक प्रदर्शन गर्नुभयो, यसका लागि हुँदै नभएको चुक्ली लगाउने र त्यसमै धारणा बनाएर तल्लो स्तरको प्रेस नोट जारी गर्ने आत्मीय/आदरणीय कमरेडहरुलाई हार्दिक धन्यवाद छ ।

बाँकी कुरा भनिरहन पर्दैन, दुनियाँलाई थाहा छ, सत्यको खोज र विश्लेषणको जिम्मा तेस्रो पक्षलाई दिन चाहान्छु। दार्माप्रति सकारात्मक सोच, सदभाव एबं सहयाेग गर्नुहुने सबैप्रति ऋणी छु । शरीरमा एक थोपा रगत र एक मुठी सास रहँदासम्म सबैखाले षडयन्त्र, अन्याय र अपमानका बिरुद्द लडिरहने प्रण गर्दछु।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको