June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
संबिधानको बला’त्कार भएको हुदा नेपाली कांग्रेस सडकमा आएको छ : अधिकारी

संबिधानको बला’त्कार भएको हुदा नेपाली कांग्रेस सडकमा आएको छ : अधिकारी

पौष २६, सल्यान । नेपाली कांग्रेस सल्यानका जिल्ला कमिटी सदस्य तथा शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले संबिधानको बला’त्कार भएको हुदा नेपाली कांग्रेस सडकमा आएको बताएका छन ।

संसद विघटन र केपि ओलीको सर्वसत्तावादका विरुद्ध प्रत्येक निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यक्रम अनुसार शनिबार सल्यानको श्रीनगरमा भएको बिरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

नेपाली कांग्रेस को प्रधानमन्त्री बन्छ र कस्को सरकार बन्छ भन्ने कुरालाई भन्दा पनि संबिधान र बिधिको शाशन अनुसार चल्नुपर्छ भन्ने कुरालाई हेक्का राख्ने पार्टी भएको संबिधानको बला,त्कार भएको हुदा नेपाली कांग्रेस सडकमा आएको उनले बताएका हुन ।

“नेपाली कांग्रेसले प्रधानमन्त्री को बन्ला र सरकार कस्को बन्ला भन्ने कुराको हेक्का राख्दैन ।” उनले भने – ” नेपाली कांग्रेस संबिधान र बिधिको शासन अनुसार चल्नुपर्छ भन्ने हेक्का राख्छ । यो संबिधानको बला’त्कार भएको हुदा नेपाली कांग्रेस सडकमा आएको छ ।”

नेपाली कांग्रेस क्षेत्र न. २ ले श्रीनगरमा गरेको कार्यक्रमलाई नेपाली काङ्ग्रेसका नेताहरु नेपाली काङ्ग्रेसका महासमिति सदस्य केश बहादुर बिष्ट, प्रेम बहादुर डाँगी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको