September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
सल्यानमा नेकपाको ९५ प्रतिशत हिस्सा ‘प्रचण्ड- नेपाल’ समुहको कब्जामा छ : मन्त्री ज्वाला

सल्यानमा नेकपाको ९५ प्रतिशत हिस्सा ‘प्रचण्ड- नेपाल’ समुहको कब्जामा छ : मन्त्री ज्वाला

सल्यान १८, पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य, कर्णाली प्रदेश सहइन्चार्ज तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यान जिल्ला प्रचण्ड नेपाल समुहको कब्जामा रहेको बताउनुभएको छ ।

५ प्रतिशत केही व्यक्तिहरु ओली समुहमा रहे पनि ९५ प्रतिशतको हिस्सा आफ्नो समुहमा रहेको उहाँले दावि गर्नु भएको छ । मन्त्री ज्वालाले केपि समूह सल्यानमा रुजेको विरालो सरह भएको दावि गर्नु भयो । जनताको वहुदलिय जनवादलाई केपि शर्मा ओलीले विघटन गरेको, लत्याएको, कालो दाग लगाएको र हाल आएर पुनः जवजलाई अंगिकार गर्नमा खोजेकोमा आश्चर्यजनक भएको उहाँको भनाई छ ।  हालसम्म पार्टीका गतिविधि शुन्य र भेला बैठक, जनवर्गीय संगठनका गतिविधि सबै ध्वस्त पारेको बताइएको छ । अहिले पुनः फेरि एमाले वनाउन खोज्नु, हल्ला फिजाउनु भनेको प्रतिगामी सोच रहेको ज्वालाको भनाइ छ । बनगाड क्षेत्रको पार्टी एक ढिक्का भएर अघि वढ्न गुट र फुटको दिशाबाट भ्रमित नहुन समेत उहाँले निर्देशन दिनुभयो ।

प्रशिक्षण भेलामा नेकपा केन्द्रीय परिषद सल्लाहकार समिति सदस्य उमाकान्त शर्मा, कर्णाली प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार तथा प्रदेश कमिटी सदस्य भिम प्रकाश शर्मा, जिल्ला सचिव कर्णवहादुर वुढाथोकी, क्षेत्र नं १ का इन्चार्ज कीर्तिवहादुर पुन, कर्णाली प्रदेश परिषद सल्लाहकार समितिका सदस्य गणेश विसी, जिल्ला कमिटी सदस्यहरु टोपवहादुर विष्ट, धनवहादुर पुन, रविराज शर्मा, वडा अध्यक्ष कमल विक, मोमत रोका, मान सिंह पुरी, गोविन्द डाँगी, शान्त कुमार यरी, टेकबहादुर पुन, कुलवहादुर पुरी, विरवहादुर वुढा लगाएतका नेताहरुको उपस्थिति रहेको थियोे । नगर कमिटीका अध्यक्ष कीर्तिवहादुर रानाको अध्यक्षता भएको कार्यक्रम सञ्चालन सदस्य तुङ्ग विसीले गर्नेु भएको थियोे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सल्यानले स्थानिय तहमा पार्टी भेला तथा प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अनौपचारिक रुपमा विभाजन भएको नेकपाले अहिले जिल्लास्तरमा पार्टी भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका हो । यसैक्रममा नेकपाको प्रचण्ड नेपाल पक्षले सल्यानमा कार्यकर्ता भेला, छलफल तथा प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको छ ।

जिल्लाका दश वटै स्थानिय तहमा कार्यक्रम सञ्चालन गरिने नेकपाले जनाएको छ । यसैक्रममा हिजो शारदा नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकामा पार्टी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । बनगाड कुपिण्डे नगरपालिकामा भएको भेलालाई मन्त्री ज्वालाले सम्बोधन गरेका थिए ।

शारदामा वडा कमिटीको सपथ ग्रहण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शारदा नगर कमिटीको बैठक तथा वडा कमिटी अध्यक्ष र सचिवको घोषणा तथा सपथ ग्रहण सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम खलंगामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरका १५ वटै वडाका वडा कमिटीको अध्यक्ष र सचिव घोषणासँगै सपथ ग्रहण गरिएको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै प्रदेश कमिटी सदस्य तथा शारदा इन्चार्ज धिरेन्द्र श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु भद्रसिंह बुढा, टिका कुढाथोकी, तिलक मल्ल, जिल्ला कमिटी सदस्यहरु रमेश कुमार गौतम, राम खड्की, प्रमोद श्रेष्ठ, तिलक राज भण्डारी, तिलक बिक, इश्वरी बुढाथोकी, राजेश बिक, कल्पना सेजवाल, हेमेन्द्र बुढाथोकी, मान बहादुर मल्ल, सन्तोष कुमार राइ, दिपक सोनी लगाएतको उपस्थिती रहेको थियो ।

नगरकमिटी अध्यक्ष नविन सिंह भडेँलको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटी सदस्य नवराज बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव यौवन प्रकाश श्रेष्ठले गर्नुभएको थियो । नगर कमिटीको बैठकले यही पुस महिना भित्रमा नगरका सबै वडाहरुमा भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

स्रोत: सल्यान टुडे – दुर्गा बिसी

 

शीर्ष समाचार

धेरै पढिएको