September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
घाँस बोकेर आलोचित कर्णाली प्रदेशको गाडी प्रचण्ड-माधव समूहको कार्यक्रममा जाने क्रममा जल्यो

घाँस बोकेर आलोचित कर्णाली प्रदेशको गाडी प्रचण्ड-माधव समूहको कार्यक्रममा जाने क्रममा जल्यो

सुर्खेत, १७ पौष । केही दिन अगाडी सरकारी गाडीमा घाँस बोकेपछि ट्राफिक प्रहरीले पक्राउ गरी सरकारी गाडी कारवाहीमा परेको थियो । कर्णाली प्रदेश प्राकृति स्रोत समितिका अध्यक्ष तथा जाजरकोटका प्रदेश सांसद गणेश बहादुर सिंहले चढ्ने उक्त गाडी अज्ञात समूहले बिहिबार राती जलाईदिएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड–माधव समूहको शुक्रबार स्याउलीबजारमा आयोजना गरिएको पार्टी कार्यक्रममा जानेक्रममा सांसद सिंह वडा अध्यक्षको घरमा बास बस्नु भएको थियो ।


कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको प्रदेश गणेश बहादुर सिंह चढ्ने गाडी भेरीनगरपालिका वडा नं. ७ पुन्ममा विहिबार राती १०ः०० बजे गाडीमा आगोगाली भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिनुभयो । गाडी कुनै ब्यक्तिले जलाएकाे हाे कि तार सट भएर जलेकाे हाे अनुसन्धान भैरहेकाे छ ।

भेरीनगरपालिका वडा नं. ७ का वडा अध्यक्ष चन्द्र बहादुर शाहीको घर नजिकै पार्किङ गरी वडा अध्यक्षकै घरमा बास बसेको बेला गाडीमा आयोलागी भएको डिएसपी श्रेष्ठको भनाई छ । घटनाका विषयमा अनुसन्धान भैरहेको हुँदा थप विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

युगन्युज बाट साभार

शीर्ष समाचार

धेरै पढिएको