June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
हामी वैधानिक केन्द्रिय सदस्य हौं, केन्द्रिय कमिटीमा हाम्रो बहुमत छ : कुल बहादुर गिरी

हामी वैधानिक केन्द्रिय सदस्य हौं, केन्द्रिय कमिटीमा हाम्रो बहुमत छ : कुल बहादुर गिरी

पौष १३,सल्यान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समुहले विस्तार गरेको केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा नेकपा सल्यानका नेता कुल बहादुर गिरीले आफुहरु पार्टीको आधिकारीका केन्द्रिय सदस्य भएको बताएका छन । सोमबार खलंगामा भएको ओली समुह निकट अगुवा कार्यकर्ताहरुको सल्यान जिल्ला स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

भर्खरैै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलीले केन्द्रिय सदस्यमा मनोनित गरेका केन्द्रिय सदस्यहरु वैधानिक होईन भनेर हल्ला फिजाईएको बताउदै उनले आफुहरु पनी नेकपाका आधिकारीक र वैधाकनिक केन्द्रिय सदस्यहरु भएको बताएका हुन । ‘४४७ केन्द्रिय सदस्यहरु जुन प्रक्रिया बाट केन्द्रिय सदस्य भएका हुन । त्यही प्रक्रिया बाट हामि पनि केन्द्रिय सदस्य भएका हौ ।’ उनले भने – ‘त्यसैले हामी आधिकारिक हौं । केन्द्रिय कमिटीमा हाम्रो बहुमत छ ।’

त्यस्तै चुनावी गठबन्धन पछि पार्टी एकता हुदा एमालेको नवौं महाधिवेशनमा पराजित भएका एमालेका पूर्व अध्यक्षहरुका कुन्ठा र आक्रोशहरुलाई मिलाएर अध्यक्ष प्रचण्डले प्रथम अध्यक्ष तथा प्रधानमन्त्रीलाई घेराबन्दी गरेर पार्टी र सरकार कब्जा गर्न खोजे पछि प्रधानमन्त्रीले उनिहरुलाई सत्ता सम्पीनु भन्दा जनताले दिएको शक्ती जनतालाई नै सुम्पीन जनादेश लिन खोजेको उनको भनाई थियो ।

पार्टी विभाजन उन्मुख भएपछि नेकपा सल्यानको ओली समुहले सोमबार सल्यानमा जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला गरेको हो । जिल्ला समन्वय समितिको हलमा भएको कार्यक्रममा ओली समुहमा हालै मनोनीत गरेका केन्द्रिय सदस्य लोक बहादुर डाँगी, कुल बहादुर गिरी, प्रदेश कमिटी सदस्य भिम बहादुर सेन, जिल्ला कमिटी सदस्यहरु मनोज सिंह, महेश देवकोटा, दिपेन्द्र डिसी, गनेशमान सिंह, सहनसिल्ता ओलि डिसी, लोकेन्द्र खडका, पुष्पा बोहरा, जित बहादुर चलाउने, देवेन्द्र रोका, घनश्याम शर्मा, जनक विक, ज्ञान प्रकाश शर्मा, इन्द्र खडका लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन दान बहादुर केसीले गरेका थिए ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको