September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
नेकपाको दाहाल-नेपाल समूहको महासचिवमा पाण्डे

नेकपाको दाहाल-नेपाल समूहको महासचिवमा पाण्डे

काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन हुने भएका छन् ।

केन्द्रीय समिति बैठकअघि बसेको शीर्ष नेताहरुले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेका हुन् । शीर्ष नेताको यो निर्णयलाई आजै बबरमहलमा बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने नेकपा स्रोतले जनाएको छ ।


महासचिवका लागि नेपालबाट भीम रावल, दाहालका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा तथा झलनाथ खनालका तर्फबाट सुरेन्द्र पाण्डेको नाम चर्चामा थियो । दाहाल र नेपाल अध्यक्ष नै भएकाले महासचिवमा खनालले अघि सारेका पाण्डेले बाजी मारेका हुन् ।

पाण्डेले तत्कालीन एमालेमा पनि महासचिवमा प्रतिस्पर्धा गरेका थिए ।

नेकपाका महासचिव विष्णु पौडेल ओली कित्तामा लागेपछि यो समूहमा महासचिवको ठाउँ खाली थियो । नेकपाको विधानले दुई अध्यक्ष र महासचिवको व्यवस्था गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको