June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
सल्यानका १७ जना नेकपा प्रदेश कमिटी सदस्यहरु मध्ये १४ जना ‘प्रचण्ड – नेपाल’ समुहको पक्षमा

सल्यानका १७ जना नेकपा प्रदेश कमिटी सदस्यहरु मध्ये १४ जना ‘प्रचण्ड – नेपाल’ समुहको पक्षमा

पौष ०८, सल्यान । सल्यान जिल्लाबाट नेपाल कम्यनिष्ट पार्टी ( नेकपा) को कर्णाली प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने सत्र जना प्रदेश कमिटी सदस्यहरु मध्ये १४ जना सदस्यहरु नेकपाको प्रचण्ड – नेपाल समुहको पक्षमा देखिएका हुन । जिल्लाबाट केपि ओली समुहको पक्षमा ३ जना मात्रै उभिएका छन ।

जिल्ला बाट कर्णली प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने सदस्यहरु मध्ये १. कर्ण बहादुर बुढाथोकी ‘छहारी’ २. धिरेन्द्र बहादुर श्रेष्ठ ३. उदय बहादुर बोहरा ४. किर्ती बहादुर पुन ‘प्रकाण्डसिंह’ ५. ज्ञान बहादुर वली ‘माइकल’ ६. टिकाराम वली ‘दर्शन’ ७. निमबहादुुर केसी ‘अरुण’ ८. दिलमाया बुढामगर ‘सिर्जना’ ९. सुम्निमा डिसी ‘निर्माता’ १०. भद्रसिंह बुढा ११. नेवबहादु कवर ‘विवेक’ १२. तिलक मल्ल ‘क्षितिज’ १३. भिम प्रकाश शर्मा ‘रमेश कोइराला’ र १४. हरी केसी प्रचण्ड – नेपाल समुहमा देखिएका हुन ।

त्यस्तै नेकपाको कणार्ली प्रदेश कमिटीमा सल्यानबाट प्रतिनिधितव गर्ने ओली समुह तर्फ १. गोविन्द कुमार पुन २. भिम बहादुर सेन ३. लोक बहादुर डाँगी मात्रै रहेका छन । पुन नेकपा सल्यानका अध्यक्ष र बनगाड कुपिन्डे नगरपालिकाको नगर प्रमुख हुन भने सेन कपुरकोट गाउँपालिका सल्यानका अध्यक्ष समेत हुन । डाँगी नेकपा त्रिवेणीका इञ्चाज पनि हुन ।

प्रदेश सल्लाहकार परिषदमा पनि प्रचण्ड नेपाल समुहकै बहुमत

त्यस्तै सल्यानबाट नेकपा कर्णाली प्रदेश सल्लाहकार परिषदमा प्रतिनिधित्व गर्ने १७ जना मध्ये १६ जना प्रचण्ड – नेपाल समुहको पक्षमा देखिएका छन । सल्लाहकार परिषदमा प्रतिनिधित्व गर्ने दिल बहादुर घर्ति भिषन, मोतिलाल नेपाली, डिल्ली वली, कलिराम वली, लक्ष्मण डिसी जनक, राम बहादुर केसी, यज्ञबहादुर चन्द, टोप बहादुर चन्द, सिपि वली, टेकमान वली, टोप बहादुर थापा, दामोदर शर्मा, गणेश विसी, कुन्ता वस्नेत, राजबहादुर बुढाथोकी र प्रतिमल बुढाथोकी प्रचण्ड – नेपाल समुहको पक्षमा देखिएको बुझिएको छ ।

अध्यक्ष केपि ओली समुहको पक्षमा सल्यानबाट नेकपा कर्णाली प्रदेश सल्लाहकार परिषदमा प्रतिनिधित्व गर्ने डम्मर बहादुर बोहरा मात्रै रहेको स्रोतले बताएको छ । यद्यपी संक्रमणकालिन सुचना भएकाले यसमा पछि केही फेरबदल हुन सक्ने अनुमान गर्न सकिन्छ ।

त्यस्तै सल्यानबाट नेकपा कर्णाली प्रदेश परिषदमा प्रतिनिधित्व गर्ने ३६ जना सदस्यहरु मध्ये २६ जना प्रचण्ड नेपाल पक्षमा रहेको र १० जना केपि ओली समुहमा रहनसक्ने बुझिएको छ, भने जष्ठ कम्युष्ठि मञ्च कर्णाली प्रदेश कमिटीमा सल्यान बाट प्रतिनिधित्व गर्ने ९ जना मध्ये ६ जना प्रचण्ड नेपाल समुहमा रहेने र ३ जना ओली समुह तिर सममर्थन गर्ने स्रोतले बताएको छ ।

आफु विरुद्ध अविस्वासको प्रस्ताव दर्ता हुन लागेको र राष्ट्रपति माथी महाअभियोग लगाउने षडेन्त्र भएको भन्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलीले पोष ०५ गते संसद विघटन गरेपछी नेकपा विभाजन उन्मुख भएको हो । हिजो मात्रै प्रचण्ड नेपाल समुहले अध्यक्ष केपि ओलीलाई अनुशासनको कारबाहि गर्दै अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ भने केपि ओली समुहले नयाँ केन्द्रिय सदस्य थप्दै महाधिवेशन आयाजक समिति गठन गरेको छ ।

नेकपाको उक्त विवाद जिल्ला हुदै स्थानिय स्तरमा पनि आई पुगको छ । हिजो दुवै समुहले सल्यानमा नेकपा पार्टी कार्यालय कब्जा गर्न प्रयास गरेका थिए ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको