नेकपा ओली समुहको नयाँ केन्द्रिय सदस्यमा सल्यान बाट डाँगी र पुन मनोनीत

नेकपा ओली समुहको नयाँ केन्द्रिय सदस्यमा सल्यान बाट डाँगी र पुन मनोनीत

पौष ०८, सल्यान । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को ओली समूहले बिस्तार गरेको केन्द्रिय समिति सदस्यमा सल्यानबाट २ जना मनोनीत भएका छ । सल्यान बाट नेकपा कर्णाली प्रदेश सदस्य लोकबहादुर डाँगी र जिल्ला अध्यक्ष गोबिन्द पुन मनोनीत भएका हुन ।

ओली समुहको मंगलबार बसेको बैठकले ०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो। ७८ मंसिरमा महाधिवेशन गर्नकै लागि बैठकले केन्द्रीय कमिटी विस्तार गरेको थियो। समुहले केन्द्रीय कमिटीलाई १ हजार १ सय ९९ सय सदस्यीय बनाएको छ। ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य थपिएको हो। अब केन्द्रीय कमिटी १ हजार ३ सदस्यीय भएको छ। रिक्त १ सय ९६ सदस्य पछि थपिने छ।

ओली समूहले ले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्दै छ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टी केन्द्रीय कमिटीले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो। बैठकमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेलाका लागि आह्वान गरेका थिए। सोहीअनुसार ओली समूहले देशैभर भेला गर्न लागेको हो।

दुईदिन भित्र सम्पन्न गरिने भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण दिने कार्यक्रम समेत नेकपाले तय गरेको छ। भेलाका लागि समन्वय गर्न र मुख्य वक्ता तोक्न प्रदेश १ मा मात्र बाँकी छ। अरू प्रदेशमा प्रतिनिधि तोकि सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए।

बागमती प्रदेशअन्तर्गत आज काठमाडौंमा प्रदेश कमिटीको दुई दिने प्रशिक्षण भेला आयोजना गरेको छ। सो भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गर्नेछन्।

प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शंकर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र टोपबहादुर रायमाझी तथा प्रदेश २ मा शंकर पोखरेल र सत्यनारायण मण्डललगायत नेता तोकिएका छन्।

शीर्ष समाचार

धेरै पढिएको