June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
सल्यानमा ओली समुहले देखाएको संयमता

सल्यानमा ओली समुहले देखाएको संयमता

पौष ०७, सल्यान । प्रधानमंत्रीले आइतबार संसद बिघटन गरेपछि तातिएको राजनीतिक सरगर्मीले मंगलबार देशभरको राजनिति निकै तरंगित भयो । नेपाल कम्युनिष्ट पार्टीको केपि ओली समुह र प्रचण्ड – नेपाल समुहले छुट्टाछुट्टै केन्द्रिय समितिको बैठक सम्पन्न गरे । एक हिसावले भन्ने हो भने नेकपा बिभाजित भयो ।

प्रचण्ड – नेपाल समुहले अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीलाई अध्यक्ष पदबाट कारवाहि गरेर उनको सट्टामा माधव नेपाललाई अध्यक्षमा चयन गर्यो । दिनभर देशभर कतै न कतै, कुनै न कुनै किसममा कार्यक्रम भैरहे । पार्टीको केन्द्रिय कार्यालयमा तालाबन्दी गर्ने देखी जिल्ला तहका कार्यालय कब्जा गर्ने कोसिस दुवै पक्षबाट भैरहे ।

सल्यानमा पनि मंगलबार नेकपाको आन्तरिक विवादको असर प्रष्ट देखिन्थ्यो । जिल्लाको बागचौरमा प्रचण्ड नेपाल समुहको पार्टीको नगरकमिटी बैठक सम्पन्न भयो । बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लाई गरिएको काबाहिको समर्थन गर्याे भने संसद बिघटनको विरुद्ध एकजुट भएर संघर्ष गर्न सवैलाई आह्वान गर्याे ।

त्यस्तै आज नै नेकपा सल्यानको पार्टी कार्यालय आफ्नो कब्जामा लिने होडबाजी चलिरह्यो । दिउसो पौने २ बजे तिर प्रचण्ड नेपाल समुहले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि केपी ओली समुहले पनि तालाबन्दी गर्याे । दुवै समुहका कार्यकर्ता पार्टी कार्यालयमा उपस्थित भएपछि हुन सक्ने संभावित घटनालाई रोक्न प्रशासनले ठुलोमात्रमा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

पार्टी कार्र्यालयमा तालाबन्दी गरेपछि दिन अपरान्ह तिर दुवै समुह पार्टी कार्यालयबाट बाहिरिए । पार्टी कार्यालयबाट बाहिरिदा ओली समुह चुपचाप र शान्त तरिकाले निस्किए पनि प्रचण्ड नेपाल समुहले ओली विरुद्ध चर्को नारावाजी सहित निस्कियो । नारावाजी सहित खलंगा पुरानो बसपार्कमा आएर कोन सभामा परिनत भएको उक्त समुहले संसद बिघटन र केपि ओली विरुद्ध नारावाजी गरिरहे । उक्त समयमा ओली समुहाका नेताकार्यकर्ताहरु पनि बसपार्क वरपर नै थिए ।

अर्काे पक्षले आफु विरुद्ध निरन्तर आक्रामक नारावाजी गरिरहदा पनि उनिहरुले वास्ता गरेनन । बरु नजिकैका चिया पसलमा चिया गफमा व्यस्त भैरहे । प्रचण्ड नेपाल समुहको नेता कार्यकर्ताहरु जस्तै उनिहरु पनि जोस आवेगमा आएका हुन्थ्ये भने पक्कै पनि अप्रिय घटना घट्न सक्थ्यो । विगतमा पार्टी विभाजन हुदा तथा एकअर्का विरुद्ध गतिविधि हुदा यही ठाउँमा झडप हुने गरेका थिए । तर आज त्यस्तो भएन । यसलाई सल्यानमा ओली समुहले अपनाएको संयमताको रुपमा पनि बुझ्न सकिन्छ ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको