केपि ओली विरुद्ध गरिएको कारवाहिलाई समर्थन गर्दै नेकपा बागचौरको बैठक सम्पन्न

केपि ओली विरुद्ध गरिएको कारवाहिलाई समर्थन गर्दै नेकपा बागचौरको बैठक सम्पन्न

पौष ०७, सल्यान । नेकपाका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा वलीलाई आईतबार बसेको नेकपाको स्थायी कमिटी बैठकले गरेको कारवाहिलाई समर्थन गर्दै नेपाल कम्युनिष्ट पार्टी बागचौर सल्यानको बैठक सम्पन्न भएको छ । मंगलबार बागचौर नगर कमिटी ईञ्चार्ज टिकाराम वली दर्शनको अध्यक्षतामा बागचौर सहिद पार्कमा भएको बैठकले स्थायी कमिटीको उक्त निर्णलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकले पौष ०५ गते प्रधानमन्त्री केपि शर्मा वली र राष्ट्रपति विद्यादेवि भण्डारी द्धारा संसद बिघटन गरेको विरुद्ध पार्टी स्थायी कमिटीले प्रधानमन्त्री केपि शर्मा वलीलाई अनुशासनको कारवाहि गर्न गरेको निर्णयलाई समर्थन गर्ने र जनताको बलिदानी बाट प्राप्त संघिय लोकतान्त्रीक गणतन्त्रको मर्म माथी प्रहार गर्ने गरी गरिएको असंवैधानिक संसद बिघटनको कदम विरुद्ध एकतावद्ध भै विरोध गर्ने संघर्ष गर्ने निर्ण गरेको छ ।

राष्ट्रपतिको असंवौधानिक कदम विरुद्ध एकजुट हुन पनि सवै राजनितिक दल, नागरिक समाज, बुद्धिजिवि तथा आम समुदायलाई पनि बैठकले आह्वान गरेको बताईएको छ । बैठकमा नेकपा बागचौर नगर कमिटीका अधिकांश सदस्यहरु, नगरबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरु, प्रदेश परिषद सदस्यहरु र जिल्ला समिति सदस्यहरु सहभागी भएको नेकपा नेता जनक घर्तिले बताए ।

स्थायी कमिटीको उक्त निर्णय आज नेकपाको केन्द्रिय समिति बैठकले पनि पारित गरिसकेको छ , भने माधव नेपाल नेकपाको नयाँ अध्यक्ष चयन भएका छन ।

केन्द्रमा, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली समुह र अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधाब नेपाल समुहको विवाद उत्कर्षमा पुगीरहेको वेला प्रचण्ड – नेपाल समुहको पक्षको नेकपा बागचौर नगर कमिटी उभिएको हो ।

तर उक्त बैठकमा ओली समुहका नेता कार्यकर्ताहरुले बहिस्कार गरेका छन । बैठकमा ओली समुहका कुनै पनि नेता कार्यकर्ताहरु उपस्थित नभएको बताईएको छ ।

यसै विच आज नै नेकपा सल्यानको पार्टी कार्यालयमा नेकपाका अध्यक्ष ओली र प्रचण्ड नेपाल समुहले पार्टी कार्यालयमा आफ्नो भएको दावि गर्दै छुट्टा छुट्टै तालावन्दी गरेका छन । तालाबन्दी पछि प्रचण्ड नेपाल समुहले केपी ओली बिरुद्ध नारावाजी गरेर कोण सभा गरेका थिए ।

त्यस्तै आज नै नेकपाको ओली समुहले बनाएको महाधिबेशन आयोजक समिति सदस्यमा सल्यान बाट लोकबहादुर डाँगी र गोबिन्द पुन मनोनित भएका छन् ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको