प्रधानमन्त्रीले संसद विघटन गर्न सिपारिस गरेपछि, जसपाको आकस्मिक बैठक बस्दै

प्रधानमन्त्रीले संसद विघटन गर्न सिपारिस गरेपछि, जसपाको आकस्मिक बैठक बस्दै

पौष ०५, सल्यान । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिपारिस गरेपछी उक्त कदमबारे छलफल गर्न जनता समाजवादी पार्टीको बैठक बस्ने भएको छ ।

आइतबार मन्त्री परिषदको आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने सिपारिस गरेरको र उक्त सिपारिस राष्ट्रपति कार्यालय पठाउने तयारी भएपछि जसपाको बैठक बस्ने तयारी भएको जसपा युवा नेता विश्वदिप पाण्डेले बताए।

केपी ओलीको असंवैधानिक कदमपछि काठ्मान्डौं बाहिर रहेका जसपा शिर्ष नेताहरू काठ्माण्डौं फर्किरहेको र छिट्टै पार्टीको बैठक बस्ने उनको भनाइ छ । प्रधानमन्त्रीको उक्त असंवैधानिक कदमको प्रतिवादबारे सबै लोकतान्त्रिक शक्ति सँग सहकार्य लगाएत बिषयमा छलफल हुने उनले बताए ।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन् – ‘ केपी ओलीको असंवैधानिक कदमपछि काठमाडौंबाहिर रहनुभएका जसपाका शीर्ष नेताहरु काठमाडौं फर्कँदै । छिट्टै पार्टीको बैठक बस्दै । असंवैधानिक कदमको प्रतिवादबारे, सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य लगायत विषयमा छलफल हुनेछ ।’

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको