June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
जसपा र काङ्ग्रेस बिच २ बुदे समझदारी, संसदमा रहेका अन्य दल सँग पनि सहकार्य गरिने

जसपा र काङ्ग्रेस बिच २ बुदे समझदारी, संसदमा रहेका अन्य दल सँग पनि सहकार्य गरिने

पौष ०४, सल्यान । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुबिच शनिबार छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा छलफल भएको हो ।

छलफलमा दुइदलका नेताहरू बिच तत्काल संघीय संसदको अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति भएको हो । त्यसैगरी लोकतन्त्रको रक्षा, भ्रष्टाचार र कोभिड १९ का बिबिध पक्षबारे संसदमा रहेका अन्य प्रतिपक्षी दलहरू सँग पनि सहकार्य गर्ने दुई दल बिच समझदारी भएको जसपा नेता तथा डा. बाबुराम भट्टराईका स्वकीय सचीव विश्वदिप पाण्डेले सामाजिक संजाल मार्फत जानकारी गराएका छन ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेस र जसपा दुवै दलले उक्त अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका थिए ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीसहित संवैधानिक परिषद्का तीन जना सदस्य उपस्थित भएमा बैठक बसी संवैधानिक निकायका पदाधिकारी तोक्न सक्ने गरी अध्यादेश ल्याएपछि उक्त कदम प्रधानमन्त्री ओलीको सर्वसत्तावादी तथा स्वेच्छाचारी भएको कांग्रेस र जसपाका नेताहरुको टिप्पणी थियो । अध्यादेश फिर्ता लिनका लागि सत्तारुढ नेकपाभित्रै प्रचण्ड समूहले प्रधानमन्त्री ओलीसँग माग गरेका थिए ।

शनिबार दुई दलका शीर्ष नेताहरुले छलफल गरी तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेका हुन् । छलफलमा कांग्रेसबाट सभापति देउवाको साथै वरिष्ठ नेता रामचन्द्र पौडेल र मिनेन्द्र रिजाल थिए भने जसपाबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी भएका थिए ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको