July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
त्रिवेणीको विव्यस चुनावमा सत्ता र शक्तिको दुरुपयोग, मन्त्री ज्वालाले चुनाव प्रभावित गरे : खड्का

त्रिवेणीको विव्यस चुनावमा सत्ता र शक्तिको दुरुपयोग, मन्त्री ज्वालाले चुनाव प्रभावित गरे : खड्का

मंसिर ३०, सल्यान सल्यानको त्रिवेणी गाउँपालिका १ काभ्रामा रहेको जनता माद्यामिक बिद्यालयमा मंसिर २५ गते विद्यालय व्यवस्थापन समिती चयनको लागी निर्वाचन भयो । निर्वाचन सकिएको ५ दिन भैसक्दा पनि उक्त निर्वाचनको तरंग अझै सकिएको छैन ।

सामान्य विद्यालयको चुनावमा नेकपाको आन्तरिक राजनीति प्रवेश गरेपछि बिषयले चर्चा पाएको हो । निर्वाचनमा नेकपाका ( ओली र प्रचण्ड नेपाल ) दुई समुहहरूले छुट्टाछुट्टै प्यानल दर्ता गरेर होमिए पछि परिस्थिति जटिल बनेको हो ।

निर्वाचन बाट प्रचण्ड नेपाल समूह निकट मानिने उम्मेदवारहरू निर्वाचित भैसकेका छन, जसले आफुलाई नेकपाको आधिकारिक उम्मेदवार दावी गर्ने गरेका छन । निर्वाचि भएका उम्मेदवारको विजयी सभालाई प्रचण्ड नेपाल समुह प्रदेश र केन्द्रिय नेताहरूले हिजो सम्बोधन गरेका छन ।

विजयी सभामा शर्मा र बोहरा

यी घटनाक्रमले पनि विद्यालयको चुनावमा नेकपाको गुटको प्रतिनिधित्व गर्छ । यसै बिच निर्वाचनमा पराजित भएका नेकपामा ओली समूह निकट मानिने नेता तथा नेकपा त्रिवेणीका अध्यक्ष लोकेन्द्र सिंह खड्काले जनता माविको विव्यस निर्वाचन कर्णाली प्रदेशका आर्थिक मामला मन्त्री प्रकाश ज्वालाले सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै प्रभावित पारेको आरोप लगाएका छन ।

सोमबार नयाँ दृष्टि सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । चुनावमा गत निर्वाचनमा नेकपाका आधिकारिक उम्मेदवार विरुद्ध घोषित र अघोषित बागिहरूको संलग्नता रहेको उनले बताए । प्रस्तुत छ – अध्यक्ष, खड्का सँग गरिएको सम्पुर्ण कुराकानी ।

१. जनता माविको विव्यस निर्वाचनमा यहाँहरू र कांग्रेस गठबन्धन प्यानल नेकपाको आधिकारिक भनिएको प्यानल सँग पराजित भएपछिको अवस्थालाई कसरी समिक्षा गरिरहनु भएको छ ?

पहिलो कुरा त यो एउटा स्कुलको सामान्य निर्वाचन हो । कुनै पार्टी विशेशको चुनाव हैन । दोस्रो कुरा सचिव कमरेड ले कुन विधि प्रक्रियामा रहेर आफ्नु चुनावी उम्मेदवारीलाई पार्टीको आधिकारिक दाबि गर्नुे हुन्छ ? म उहाँलाई पुष्टि गर्न चुनौती दिन चाहन्छु । तेस्रो कुरा हामिले यो निर्वाचन लाई सामान्य स्कुलको निर्वाचनको रूपले लियौ तर उहाँहरूले सत्ता र शक्तिको चरम दुरुपयोग गर्नुभयो ।

२. उहाँहरूले सत्ता र शक्तिको चरम दुरुपयोग भन्नाले के कुरालाई ईङ्गित गर्नखोज्नु भएको हो ?

सत्ता र शक्तिको चरम दुरुपयोग भन्नाले कर्णाली प्रदेशको आर्थिक मालला तथा योजना मन्त्री कालिमाटी गाउँपालिका आएर, बसेर हाम्रो प्यानलका विरुद्ध प्रत्येक कार्यकर्तालाई टेलिफोन गरेर भ्रमित पार्ने काम भयो ।

त्यसपछि विधि बिधानमा नै नरहेको बिस्तारित बैठकको नाटक गरि निलम्बन र कारबाहीको सिफारिस गरेको भनेर झुटको खेति गरियो । यसरी कार्यकर्ता र भोटरलाई प्रभावित पार्ने काम गरियो । उनीहरु गरेको जस्तो गरेको भए हामी पनि उनिहरूलाई कारबाही गरेको हल्ला गरेर चुनाव प्रभावित पार्न सक्थ्यौं । हामीले त्यसो गरेनौं ।

कतिसम्म भने त्रिवेणी गाउँपालिका सरकारका अध्यक्षलाई प्रदेश अर्थ मन्त्रीले भोट माग्ने कुरा उचित थियो कि थिएन ? त्यसैले यो निर्वाचन त्रिवेणी गाउँपालिकाको मात्र नभयर कालिमाटी गाउँपालिका १ नम्बर वडाको पनि हो र त्यहीको भोट निर्नायक भएपछि हामीले निर्वाचन हार्यौं । यस हिसाबले भन्ने हो भने हाम्रो पार्टी सचीव कमरेडसँग भन्दा पनि मन्त्री ज्वाला सँग चुनाव लडियो ।

३. यहाँहरूले आफ्नै पार्टीका विरुद्ध नेपाली कांग्रेस सँग गठबन्धन प्यानल बनाउने परिस्थिति चाहिँ कसरी बन्यो ? तपाईहरूले जिल्ला पार्टीको निर्देशन उलंघन गरे कांग्रेस सँग गठबन्धन गरेको भन्ने छ नि, कुरा के हो ?

नेपाली काङ्ग्रेस सङ्गको गठबन्धनको कुरा गर्दा गत साल निर्वाचन प्रक्रियामा जाँदाखेरी दुबै पक्षबाट काङ्ग्रेस सङ्ग एलाइन्स ( गठबन्धन ) गर्ने खोजिएकै हो । तर उहाँहरू सफल हुनु भएन । जव निर्वाचनमा जानुपर्ने स्थिति आयो त्यसपछि जिल्ला पार्टीका अध्यक्ष र सचिवले नेकपाका ४ जना ( पुर्व एमाले बाट २ जना र पुर्व माअोबादी बाट २ जना) नोमिनेसन गर्ने मौखिक निर्देशन दिनुभयो ।

नोमिनेशन दर्ता गर्नको लागि यसको लिडरसीप सचिव कमरेड रोकालाई नै पठाइएको थियो । तर उहाँले नै पहिला निर्देशन उल्ङघन गर्नु भयो । उहाँले नै पार्टी निर्देशन विपरितका मान्छे सहित नोमिनेशन दर्ता गर्नु भयो । यसरी हामी पनि अर्को प्यानल दर्ता गर्न वाध्य भयौं ।

जिल्ला पार्टीले मंसिर १७ र २१ गते बोलाएको हो । बोलाउदा न आउने उहाँहरू हो । म त जिल्ला पार्टीले बोलाउदा छलफलमा गएकै छु । जिल्लाको सम्पर्कमा मात्र हैन दैनिकी रिपोर्टिङ गरिरेको छु । गत साल पनि आन्तरिक पार्टी भित्र प्रतिस्पर्धा गर्नु हुन्न भनेर बिधि प्रक्रिया मिचेर हुन लागेको निर्वाचनलाई रोखेकै हो । मंसिर १७ गते जिल्ला प्रशासन कार्यालयमा छलफल गर्दा, यो विधि मिचेर गर्ने लागेको निर्वाचन खारेज गरेर नयाँ सिराबाट प्रक्रियामा गएर पार्टीका आधिकारिक उम्मेदवार तय गरेर जाऔं भन्ने मै हुंं । तर उहाँहरू ले मान्नु भएन ।यो त घटनाक्रमले पुष्टि गरेकै छ र यो कुरा जिल्ला पार्टीलाई पनि जानकारी नै छ ।

४. गाउँकमिटी सचिवले जिल्ला पार्टीले विवाद मिलाउन केही पहल गरेन भन्नू भएको छ , तपाईंले नियमित सम्पर्कमा छु भन्नुहुन्छ ? खास कुरा के हो ? जिल्ला पार्टीको सल्लाहमा कांग्रेस सँग गठबन्धन बनाउनु भएको हो ?

सचिव कमरेडलाई जिल्ला पार्टीका अध्यक्ष कमरेडले फोन गर्नु भएको हो तर उहाँको फोन नलाग्ने बनाए पछि मैले नै त्रिवेणी पार्टी कार्यलय सचिव कुलबहादुर भण्डारी मार्फत जानकारी गराएको हु । तर उहाँले प्रदेश कमिटी सदस्य उदय बहादुर बोहरा मार्फत म जिल्ला पार्टीले बोलाएको बैठकमा आउदिन्न भनेर खबर पठाएर जिल्ला पार्टी अध्यक्षलाई रिपोर्टिङ गर्नुे भएकै हो त । अहिले किन कुरा फेर्ने ?

जहाँसम्म कांग्रेससँग गठबन्धनको कुरा छ त्यो जिल्ला पार्टीको निर्देशनमा भएको हैन । समस्यालाई छलफल बाट निकास निकाल्न अधिक्तम प्रयास गरेको हो तर उहाँहरू कुनै पनि छलफलमा आउन नचाहेपछी समस्या बल्झिएको हो ।

५. तपाई लगाएत अरु २ जनालाई गाउँकमिटीले कारबाही गरेको छन, अब कसरी अघि बढ्नुहुन्छ ? माफी मागेर पुनः पार्टीमा समाहित हुने हो कि ?

जतिबेला उहाहरू गुटको बैठक गर्ने तयारीमा हुनुहुन्थ्यो , त्यतिबेला नै जिल्ला पार्टीले बैठक रोकि जिल्लामा बोलाएको थियो तर उहाँहरूले कुन विधि बिधानमा रहेर पार्टीको बिधानमा नै नरहेको बिस्तारित बैठकको नाटक गरि कार्वाही र कार्वाही को सिफारिस गर्नु भयो ? त्यो गर्ने अधिकार उहाँहरूलाई कहाँ बाट प्राप्त भयो ? कुन बिधि बिधान प्रयोग गर्नुे भयो म पुष्टि गर्ने चुनौती दिन्छु ? मैले पार्टीको समस्या छलफल बाट मिलाउ भनेर निर्णायक ठाउँमा छलफल गरौं भन्दा बिगार्ने उहाँहरू अनि मैले के गल्ती गरेको छु र माफि माग्नु पर्ने ? हिजो स्थानीय निर्वाचन मा पार्टीका उम्मेदवार बिरूद्ध नेपाली काङ्ग्रेसलाई भोट हाल्नेहरू, हिजो संघ र प्रदेशको निर्वाचनमा बागि र विपक्षी दललाई भोट हाल्नेहरूले के धेरै रोईलो गरेको ?

उहाँहरू गुटबन्दीको लागि प्रतिष्ठाको लडाइँ लड्नुभयो । त्यसैलाई पुष्टि हुने गरि ठुलो युद्ध र संसदीय निर्वाचन जितेको जस्तो विजयी सभालाई प्रदेशको मन्त्री ज्वाला, मुख्यमन्त्रीका सल्लाहकार भिम प्रकाश शर्मा, उदय बहादुर बोहराले सम्बोधन गर्ने कार्यक्रम भयो । उहाँहरू पनि ठूलो पार्टीको सानो नेता बन्नु भन्दा फुटेको सानो पार्टीको ठूलो नेता हुने रहर जागे जस्तो लाग्यो । मानिलिऔं केन्द्रमा पार्टी फुट्छ वा फुट्दैन तर तल चाहि फुटाई हालो जस्तोगरि उहाँहरू लाग्नु भएको छ ।

यस्तो गुटबन्दीको राजनिती गर्नेु भन्दा पहिला आफ्नो बिगतमा गरेका गल्तीको समीक्षा गर्दै पार्टी नीति विधि बिधानमा रहेर मात्र पार्टीका गतिविधि गर्न अनुरोध गर्दछु । नत्र हिजो स्थानिय चुनावमा पार्टीका बिरूद्धमा संघ र प्रदेशको चुनावमा बागिका पछाडि लाग्नेहरूको हैसियत कार्यकर्ताले सिकाउनु नपर्ला ।

हाम्रो चाहाना स्कूलमा राम्रो ब्यक्तिलाई ल्याउने थियो । हाम्रो लडाइँ अराजकता उदण्ड भ्रष्टाचारका विरुद्धमा थियो तर प्राबिधिक कारणले टिमले चुनाव हार्यो । त्यसैले जित्ने साथीहरूले धेरै अनावश्यक कुरा गर्नेु भन्दा पनि स्कूलमा राम्रो काम गरेर देखाउन शुभकामना छ ।

निर्वाचित विव्यस सदस्यहरू

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको