September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
सल्यानमा ओली सरकार र कम्युनिष्ट विरुद्ध गर्जिए काँग्रेस नेताहरु, कस्ले के भने विरोध सभामा ?

सल्यानमा ओली सरकार र कम्युनिष्ट विरुद्ध गर्जिए काँग्रेस नेताहरु, कस्ले के भने विरोध सभामा ?

मंसिर २९, सल्यान । सल्यानमा नेपाली काँग्रेसका नेताहरु कम्युनिष्ट पार्टी र ओली सरकार विरुद्ध गर्जिएका छन । सोमबार सल्यान सदरमुकाम खलंगामा भएको सरकार विरुद्धको प्रदर्शन पछि भएको विरोध सभालाई संबोधन गर्दै उनिहरुले कम्युनिष्ट पार्टी र ओली सरकार विरुद्ध चर्काे आक्रोस व्यक्त गरेका हुन ।

ईतिहाँसमा काँग्रेसलाई सिध्याउन लागीपरेका शक्तीहरु समाप्त भएको स्मरण गराउदै उनिहरुले सर्वसत्तावादी, भ्रष्ट ओली सरकार र कम्युनिष्टहरुको पनि पतनको दिनगन्ती सुरु भएको बताएका हुन । सभालाई सम्बोधन गर्दै उनिहरुले लोकतन्त्रको लागी जिवनभर लडेका, जेलनेल बसेका तथा नेपालको लोकतान्त्रीक आन्दोलनका सम्मानित बरिष्ठ नेता रामचन्द्र पौडेललाई मंंसिर १७ गते तनहुमा लछारपछार गरेर धरपकड गर्नू, अपमान गर्नू, लोकतन्त्रकै अपमान भएको बताए ।

 

ओली सरकारको सर्वसत्तावादी प्रवृति, कोभिड– १९ नियन्त्रणमा असफलता, स्वास्थ्य सामाग्री खरिदमा अनियमितता, राज्य आतंक, चर्काे मुल्य वृद्धि, भ्रष्टाचार र कुशासन तथा मंसिर १७ गते पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुमा धरपकड गरेको धरपकड विरुद्ध नेपाली काँग्रेसको देशव्यापि बिरोध कार्यक्रम अनुसार सोमबार सल्यानमा पनि नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको हो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानहरु बाट ठुलो मात्रामा कार्यकर्ताहरु सहभागी भएका थिए ।

 

सरकार विरुद्ध विभिन्न नारा र प्लेकार्ड सहित टुडिखेल बाट सुरु भएको बिरोध र्याली नेपाल बैंक, जिल्ला हुलाक हुदै बसपार्कमा आएर सभामा परिनत भएको थियो । विरोध सभालाई नेपाली काँग्रेस सल्यानका एक दर्जन नेताहरुले सम्बोधन गरेका थिए ।

माक्र्स ऐगेंल्स पनि लज्जित हुनुहुन्छ होला : रेग्मी

विरोध सभालाई संबोधन गदै नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मीले नेपालका कम्युनिष्टहरुका सत्ताको खेल देखेर माक्र्स ऐगेंल्सले पनि लाज मान्ने अवस्था आएको बताए । उनले भने – ‘उहाँहरुले के कम्युनिष्टको राजनिति गरिरहनु भएको छ ? उहाँहरुको काम देखेर, सत्ताको खेल देखेर माक्र्स ऐगेंल्सहरु पनि लज्जित हुनुहुन्छ होला ।’

नेपाली काँग्रेस उत्ताउलो पार्टी हैन : शाह

त्यस्तै कार्यक्रममा बोल्दै अर्का नेता तथा पूर्व शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाहले नेपाली कांग्रेस शालिन पार्टी भएको बताए । सरकार बनेको १०० दिनसम्म सरकारका कामकाज हेर्ने र काम गर्न दिने परम्परा विरुद्ध ०४८ को निर्वाचन पछि बनेको नेपाली काँग्रेसको सरकार विरुद्ध २९ औं दिनदेखी  कम्युनिस्टहरुले विरोध गरेको स्मरण गर्दै उनले नेपाली काँग्रेस कम्युनिष्ट जस्तो उत्ताउलो पार्टी नभएको बताएका हुन । काँग्रेसले कुनै अवरोध नगर्दा पनि सरकारले काम गर्न नसकेको उनले बताए ।

नेकपा सरकार कमिसनखोर र भ्रष्टाचारीको संरक्षक : पुरी

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व जिविस सभापनि तथा नेपाली काँग्रेसका नेता धुर्वराज पुरीले नेकपा सरकार कमिसनखोर र भ्रष्टाचारीको संरक्षक भएको बताए । यो सरकारले आफ्नै पार्टीका पनि भ्रष्टहरुलाई मात्रै संरक्षण गर्न र अन्यलाई संरक्षण नगरेको उनको भनाई थियो । कम्युनिष्टहरुले गरिबको नारा लगाउने तर गरिबलाई केही दिन नसक्ने उनले बताए । बोल्ने मान्छेको काम गर्न ढंग हुदैन भन्ने कुरा ओलीले पुष्टी गरेको उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै महासमिति सदस्य तथा प्रदेश सभा निर्वाचनका उम्मेद्वार एकराज डाँगी, महासमिति सदस्य तथा त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी, महासमिति सदस्य प्रेम डाँगी, शानपा मेयर सुरेस अधिकारी, क्षेत्र नं २ का सभापति तथा छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी, क्षेत्र नं १ का सभापति गोरख केसी, जिल्ला कमिटी सदस्य लोकराज आचार्य, नेविसंघ उपाध्यक्ष प्रेमनारायन विक, नेपाल शिक्षक संघ अध्यक्ष एकराज बुढाथोकि, महिला संघ जिल्ला अध्यक्ष लगाएतले पनि ओली सरकारको भण्डाफोर र आलोचना गरेका थिए ।

पार्टी सहसचिव सन्तोषसेन वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकोे अध्यक्षता जिल्ला सभापनि गणेश चन्द गरेका थिए भने कार्यक्रमको उद्घोषन जिल्ला सचिव प्रकाश भण्डारीले गरेका थिए ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको