May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
अहिले नै समाजवाद आउनुपर्ने जस्तोगरी सरकारलाई विवादमा ल्याउन खोजियो : सांसद, बस्नेत

अहिले नै समाजवाद आउनुपर्ने जस्तोगरी सरकारलाई विवादमा ल्याउन खोजियो : सांसद, बस्नेत

मंसिर २७, सल्यान । सल्यान बाट निर्वाचित संघीय प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री टेकबहादुर बस्नेतले अहिले नै समाजवाद आउनुपर्ने जस्तो गरी एकथरी मान्छेहरूले सरकारलाई विवादमा ल्याउन खोजेको बताएका छ्न ।

शुक्रबार जिल्लाको बहुप्रतिष्ठित लुम्बिनी–रारा पर्यटकिय द्रुतमार्गको सल्यान सडक खण्डको ट्रयाक खुल्ला गर्न गरिएको उद्घाटन कार्यक्रममा बोल्दै संघीय प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टेक बहादुर बस्नेतले यस्तो बताएका हुन ।

कार्यक्रमलाइ सम्बोधन गर्दै साँसद बस्नेतले देशको संविधान समाजवाद उन्मुख भएकाले समाजवादको आधार निर्माण गर्ने गरी काम भईरहेको बताए । एकथरी मान्छेले अहिले नै समाजवाद आउनुपर्ने जस्तो गरी सरकारलाइ विवादमा ल्याउन खोजेको भन्दै अहिले समाजवादको निम्ती तयारी भैरहेको उनले बताए ।

जनयु’द्धको बलमा जनआन्दोलन भएको भन्दै माओवादीले हतियार नउठाएको भए गणतन्त्र नआउने उनको भनाइ थियो। उनले भने –“गणतन्त्र आएको छ, यसको संस्थागत विकास अनि रक्षा गरौं अनि समाजवादका निम्ती काम गरौं ।” अहिलेका सबै विकास समाजवादी व्यवस्था निर्माणका निम्ती भएको भन्दै उनले जनताका आधारभुत आवश्यकता बढेकोमा राज्यजले पनि ध्यान दिने बेला आएको उनले बताए ।

त्यस्तै कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका उपप्रमुख हरि प्रकाश बुढाथोकीले व्यवस्थाको परिवर्तनले मात्रै जनता र सरकार नजिक भएकाले यसको संस्थागत गर्नेबेला आएको बताए । उनले स्थानीय सरकारको अधिकार संघिय सरकारले कटौती गर्दै निकम्बा बनाउन खोजेको आरोप लगाउदै जनताको निकटको स्थानीय सरकारलाइ बलियो बनाइनुपर्ने धारणा राखे ।

कार्यक्रमलाई सम्बोधनका क्रममा कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले अहिलेको विकास संघियताका कारण मात्रै सम्भव भएको भन्दै संघियताको उपलब्धी जनयुद्ध र जनआन्दोलनका कारण मात्रै भएको बताइन । उनले सरकारले २० बर्ष पहिला गरेका काम र अहिले गरेका कामलाइ तुलना गर्दा आकाश पातालको फरक भएको भन्दै यसलाइ अझ विस्तार गर्नुपर्ने धारणा राखिन ।

कुमाख ७ को जिमाली भेरी खोला देखि कल्लेखोला सम्मको ४ किलोमिटर नयाँ ट्रयाक खोलेपछि सल्यान चाख्लिघाट– कुमाख – जिमाली – त्रिवेणी झण्डै एक घण्टा छोटो हुनेछ ।

ट्रयाक जोडिएपछि अहिले कुमाख १, २, ३, ४ र ७ वडाका स्थानीयवासी तथा चौरजहारीबाट श्रीनगर आउने लाइ झण्डै १ घण्टा समय बचत हुनेछ । यो मार्ग हुलाकी मार्गको रुपमा पनि चिनिदै अाएको छ ।

भौतिक पुर्वाधार मन्त्रालय अन्तरगत सडक डभिजिन कार्यालय दाङले २ करोडमा ठेक्का प्रक्रिया बढाएपनि सविन कन्ट्रक्सन प्रा.लि.ले १ करोडमा उक्त सडकको नयाँ ट्रयाक खुला गरेको हो ।
सडकको ट्रयाक खुला भएपनि सडकमा नाली तथा ह्युमपाइप नभएसम्म नियमित गाडि चल्न नसक्ने भन्दै स्थानीयवासीले नियमित सडक संचालनका लागि पहल गर्न अनुरोध गरेका छन । उनिहरूले भैरहेका विकासलाइलाइ दिगो तथा निरन्तर बनाइराख्न नेताहरूलाइ भनेका छन ।

सविन कन्ट्रक्सनका अमृत देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दुर्गा बुढाथोकीले गरेका थिए भने सहभागीलाइ स्वागत तथा धन्यवाद वडाध्यक्ष तुलाराम बोहोराले गरेका थिए । स्यानीजिमालीमा भएको कार्यक्रममा स्थानीयवासीले जनप्रतिनिधिसंग अन्तरक्रिया गर्ने अवसर पनि पाएका थिए ।

सडक निर्माण तथा स्तरोन्नतीको कामले सल्यानमा तिव्रता लिन थालेका छन । शुक्रबार देखी बहुप्रतिष्ठित लुम्बिनी– रारा पर्यटकिय द्रुतमार्गको सल्यान सडक खण्डको ट्र्याक खुल्ला गरिएको छ ।

स्रोत : अनलाइन तहल्का

शीर्ष समाचार

धेरै पढिएको