June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
सल्यानमा मृत अवस्थामा फेला परेका ब्यक्ति विप्लव कार्यकर्ता, पार्टीले निकल्यो यस्तो बिज्ञप्ती

सल्यानमा मृत अवस्थामा फेला परेका ब्यक्ति विप्लव कार्यकर्ता, पार्टीले निकल्यो यस्तो बिज्ञप्ती

मंसिर २२, सल्यान । सल्यानमा शनिबार मृत अवस्थामा फेला परेका ब्यक्ति नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रहेको पुष्टि भएको छ ।

पार्टीमा क. हिमाल भनिने सहबिर सार्की (नेपाली) आफ्नो पार्टीको जिल्ला कमिटि सदस्य भएको नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले पुष्टि गरेको छ ।

सोमबार एक वक्तव्य मार्फत पार्टीले सार्की प्रती शोक प्रकट गरेको छ । “महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्ला कमिटि सदस्य सहोविर नेपाली क.हिमालको यही मिति २०७७-८-२० गते करिब राति ९–१० बजेको समयमा दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाको बिच सिमाना मौलाहाल्ने बजार नजिकै भिडबाट लडेर भएको असामयिक निधन हाम्रो पार्टीलाई साह्रै मर्माहित एवं स्तब्ध बनाएको छ ।”

वक्तव्यमा भनिएको छ – “शोकको यस दुःखद घडीमा स्व. सहोबिर नेपाली ‘हिमाल’ प्रति पार्टी भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजना धैर्य धारणको कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछौं ।”

सार्की शनिबार (मंसिर२२) दिउँसो घरबाट बजार जान भनि निस्किएका थिए । आइतबार बिहान ऊनी मौलाहाल्ने बजारको पश्चिम सडक देखि करिब ५० मिटर अगाडी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको थियो ।

जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ६ का अन्दाजी ५५ बर्षिय सहबिर सार्की मंसिर २१ गते बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको थियो ।

सार्कीलाई आईतबार बिहान ९ बजेतिर स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि दाङ पठाएको थियो ।

जिल्ला अस्पताल सल्यानका एकजना डाक्टर बिदामा र अर्को एकजना तालीममा जानु भएकोले मृतकको शव पोष्टमार्टमका लागि दाङ पठाइएको सल्यान प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक गोविन्द थापाले जानकारी दिएका थिए ।

उनको मृत्यु किन र कसरी भयो भनेर घटना बारे थप अनुसन्धान भैरहेको र प्रहरीलाइ घटनाको छानविनमा सहज आवस भनेर शव पोस्टमार्टमको लागी दाङ पठाइएको प्रहरी प्रमुख थापाले बताए ।

इमानदार कम्युनिष्ट कार्यकर्ता, कम्युनिस्टका आदर्श र समाजसेवीको रूपमा सार्की स्थानीय स्तरमा लोकप्रिय थिए ।

शीर्ष समाचार

धेरै पढिएको