June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
सल्यानमा एकैदिन ६ वटा अस्पताल शिलान्यास, त्रिवेनी गाउँपालिका अध्यक्षको कडा आपत्ति

सल्यानमा एकैदिन ६ वटा अस्पताल शिलान्यास, त्रिवेनी गाउँपालिका अध्यक्षको कडा आपत्ति

मंसिर १५, सल्यान । सल्यानमा एकैपटक ६ वटा अस्पतालहरू शिलन्यास गरिएकाे छ । ग्रामीण क्षेत्रमा आधरभुत स्वास्थ्यसेवा बिस्तार गर्ने उदेश्य सहित संघीय सरकारले देशभर सोमबार ३९६ ठाउँमा अस्पताल शिलान्यास गर्ने कार्यक्रम अन्तरगत सल्यानमा पनि अस्पताल शिलान्यास गरिएको हो ।

अस्पतालको बनाउनका लागि सूचीकरण भएका सल्यानका ८ वटा स्थानीय तहहरू मध्ये सोमबार ६ वटामा स्थानीय तहहरूमा १५ र १० शैयाका अस्पताल शिलान्यास गरिएका हुन् ।सोमबार जिल्लाको सिद्द कुमाखमा १० सैयाको तथा कपुरकाेट, छत्रेश्वरी, दार्मा, कुमाख र बनगाडमा १५ /१५ सैयाका अस्पतालकाे शिलान्यास गरिएकाे हाे ।

जिल्लाको दार्मामा भल्चाैर स्वास्थ्य चाैकी र कुमाखकाे कालागाउँ आधारभुत स्वास्थ्य केन्द्रकाे शिलन्यास प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेतले गरेका हुन् ।त्यस्तै छत्रेश्वरीकाे लेकपाेखरा तथा सिद्द कुमाखकाे कालालेख स्वास्थ्य चाैकीकाे शिलन्यास कर्णाली प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री प्रकाश ज्वालाले शिलन्यास गरेका हुन् ।

दुइजनाले दुइ/दुइ ठाउँमा शिलन्यास गरेपछि दुवै जना साँझ कुमाखकाे कालागाउँ आधारभुत स्वास्थ्य केन्द्रमा भेट हुन पुगेका थिए । जहाँ दुवैजनाले मन्तव्य राखेका थिए । उता बनगाड कुपिण्डे नगरपालिकाकाे देवस्थल स्वास्थ्य चाैकीकाे शिलन्यास स्वास्थ्य राज्यमन्त्री नवराज रावतले गरेका छन् ।

कपुरकाेटमा भने त्यहाँका स्थानीय सरकार प्रमुख गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले गरेका हुन् भने बागचाैर नगरपालिकामा पनि १० सैयाकाे र कालिमाटीमा १५ सैयाकाे अस्पताल बनाउने भनेपनि त्यहाँ केहि तयारी र प्रक्रियामा ढिला भएकाेले अर्काे पटक शिलन्यास गरिने बताइएको छ ।

त्रिवेणी गाउँपालिका अध्यक्षको आपत्ति

त्यस्तै १५ सैयाको अस्पताल निर्माण गर्नको लागि आफ्नो गाउँपालिकालाई सूचीकरण नगरेको भन्दै संघ र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरू प्रती त्रिवेनि गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले आ’पत्ति जनाएका छन ।

संघीय सरकारको देशब्यापी कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न ८ स्थानिय तहहरूमा १० – १५ सैयाका अस्पताल छनौट गरिएपनी जिल्लाको एकमात्र स्थानिय तह त्रिवेनी गाउँपालिकालाई अस्पताल बनाउने कार्यक्रममा नसमेटेको भन्दै उनले असन्तुष्टि जनाएका हुन ।

“जिल्ला अरुपनी स्थानीय तहहरू छुटेका भए छुट्टै कुरा हुन्थ्यो । तर १० वटामा त्रिवेनी मात्रै छुट्नुपर्ने कारण के छ ? म आप’त्ति प्रकट गर्न चाहन्छु ।” उनले भने – “हामीलाई अन्याय भएको छ । यो सरासर त्रिवेनीलाई हेला गरेको हो । म कुन शब्दले भर्त्सना गरुँ ? यो दु:खद कुरा हो । हामी दुखी छौं।”

आफ्नो गाउँपालिका भएर राजमार्ग जाने र धेरै पटक गाडी दुर्घट,ना हुदा उपचार, रगत नपाएर मान्छेहरूको मृ’त्यु भएको भन्दै गाउँपालिकाले अस्पताल निर्माणको लागि आफू निर्वाचित भएर आएपछि लुहाममा ७ रोपनी जग्गा तयार गरेको पनि उनले बताए ।

यस्तो जरुरी ठाउँमा पनि अस्पताल नपारिएको भन्दै, उनले भने – “हामी कांग्रेसलेले जितेको स्थानीय तह भनेर पुर्वाग्रह गरेको महसुस भएको छ ।”

तर संघीय सांसद टेकबहादुर बस्नेतका स्वकीय सचिव बिष्णु चन्दले भने पहिलो चरणमै आव ०७५/७६ मै त्रिवेनी, छत्रेश्वरी र बागचौर छ्नौट भएको तर अस्पतालको लागि चाहिने ३५ रोपनी जग्गा पुर्याउन नसक्दा पछि परेको बताए ।

उनले भने – “आव ०७५/७६ मै त्रिवेनी, छत्रेश्वरी र बागचौर छ्नौट भएको हुन । तर छत्रेश्वरीको स्थान विवाद र बागचौर र त्रीवेनीले समयमै जग्गा नपुर्याउदा पछि परेका हुन । नत्र अहिले धेरै काम भैसक्थ्यो ।”

पछि स्वास्थ्य मन्त्री फेरिएको र विविध कारणले त्रिवेनी छुटेको र बागचौरमा १५ सैया हुनुपर्नेमा ढिलो हुदा १० सैया भएपनी आउदो चैतमा त्रीवेनीमा पनि अस्पताल पारिने र बागचौरमा पनि १५ सैया बढाइने उनले बताए ।

जनताको लगानी अनुसार परिवर्तन: सांसद बस्नेत

शिलन्यास कार्यक्रममा बाेल्दै प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेतले अहिलेको परिवर्तन शहिदको योगदानका कारण मात्रै सम्भव भएको बताएका छन् । अहिले मान्छेका आधारभुत आवश्यकता बढेको भन्दै उनले जनताको निम्ति बनेको सरकारले संचार, स्वास्थ्य, शिक्षा, विद्युतको क्षेत्रमा धेरै विकास गरेको बताए ।

जनताको लगानी अनुसार अहिलेका परिवर्तन सम्भव भएकाले यसको संस्थागत गर्न लाग्नुपर्ने उनको भनाइ थियो ।

रोग पालेर बस्ने दिन आउदैँनन् : मन्त्री ज्वा’ला

त्यस्तै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नका लागी सरकारले आधारभूत अस्पताल निर्माणको थालनी गरेको बताए । मन्त्री ज्वालाले अब स्तरीय स्वास्थ्य सेवाको पहुँचबाट कोही पनि बञ्चित हुनु नपर्ने बताए ।

‘उपस्वास्थ्य चौकीलाई बृद्धि र बिकास गर्दै १५ शैयाको आधारभूत अस्पतालको रुपमा विकास गर्नथालेका छौँ, अब यसबाट प्रवाह गरिने सेवालाई गुणस्तरीय बनाउन आबश्यक छ’ उनले भने ‘ग्रामिणस्तरमा नै अस्पताल निर्माण हुदैँ छ, अब रोग पालेर बस्ने दिन आउदैँनन् ।’

यो सरकार जे बाेल्छ त्यो पुरा गर्छ : राज्य मन्त्री रावत

त्यस्तै जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको देवस्थल अस्पतालको शिलान्यास गर्दै स्वास्थ्य राज्य मन्त्री नवराज रावतले नागरिकका लागि आजकाे दिन इतिहासमै महत्त्वपूर्ण कोषेढुङ्गा भएको बताए । दुर दराजका लागि विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित नागरिकका लागि यो कदम अत्यन्तै सान्दर्भिक रहेको उनको भनाइ थियो।

उनले भने, ‘आजको दिन नेपाल र नेपाली जनताको लागि सुनौलो दिन भएको छ । यो सरकार जे बाेल्छ त्यो पुरा गर्छ ।’

कपुरकोटवासीलाई थप खुशी : अध्यक्ष सेन

उता कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले शिलान्यास गर्दै दुई वर्ष भित्र अस्पताल निर्माण सम्पन्न गर्ने जानकारी दिए । सरकारी स्वामित्व रहेको कपुरकोट‐३, स्थित पाखापानी सामुदायीक वन समुह नजिकैको जमिनमा अस्पताल निर्माण हुने गाउँपालिकाले जनाएको छ ।

अस्पतालको शिलान्यास गर्दै अध्यक्ष सेनले भने,‘आगामी दुई वर्ष भित्र नै अस्पताल निर्माण भइसक्ने गरी काम अगाडी बढाइएको छ । गाउँमै १५ सैयाको अस्पताल निर्माण गर्ने सरकारको यो निर्णयले सल्यान त्यसमा पनि कपुरकोटवासीमा यसले थप खुशी बनाउँनेछ ।’

तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटाउँछाैंः अध्यक्ष केसी

लेखपाेखरामा मन्त्री ज्वाला सँगै अस्पतालकाे शिलन्यास गर्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्ताेष केसीले १५ शैयाको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिने गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन ।

बन्न लागेको अस्पताल ७ रोपनी जग्गामा बन्ने अध्यक्ष केसीले बताए । अस्पताल निर्माण हुने भएपछी खुशी ब्यक्त गर्दै अध्यक्ष केसीले अस्पताल निर्माण पश्चात् यस क्षेत्रका नागरिकहरु उपचार गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने बताए। गाउँपालिकाले आफ्नो हैसियतले सानोसानो रकमले ठुलोठुलो अत्यावश्यक काम गरिरहेको उनको भनाइ थियो ।

शीर्ष समाचार

धेरै पढिएको