June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
मदन भण्डारी लोकमार्ग सल्यानको बागचौर, खलंगा हुदै कुपिन्ड़े ताल भएर जान्छ : बस्नेत

मदन भण्डारी लोकमार्ग सल्यानको बागचौर, खलंगा हुदै कुपिन्ड़े ताल भएर जान्छ : बस्नेत

मंसिर ११, सल्यान । सल्यान बाट निर्वाचित संघीय प्रतिनिधिसभा सदस्य तथा पुर्व मन्त्री मा. टेकबहादुर बस्नेतले पूर्वपश्चिम जोड्ने बहुचर्चित् मदन भण्डारी लोकमार्ग सल्यानको बागचौर भएर जिल्ला प्रवेश गर्ने बताउनु भएको छ ।

स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.व. २०७७-७८ का लागि छनोट गरिएका आयोजनाहरुको विवरण सार्वजनिक गर्न बुधबार सदरमुकाम खलंगामा भएको पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासाको जवाफमा दिदै उहाँले ”मदन भण्डारी लोकमार्ग सल्यानको बागचौर हुदै सदरमुकाम खलंगा र प्रमुख पर्यटकीय स्थल कुपिण्डे ताल जोडेर निर्माण हुने बताउनु भएको हो ।

उक्त लोकमार्ग खलंगा कालिमाटी भएर जोड्ने खालको बहस हुने गरेता पनि, खलंगा रामपुर हुदै कोहलपुर जोड्ने, भण्डारी लोकमार्ग स्तरकै अर्को रणनीतिक सडक बन्न कन्फर्म भएकाले सडक संजालमा सबैतिर सन्तुलन मिलाउन पनि ‘मदन भण्डारी लोकमार्ग सल्यानको बागचौर हुदै सदरमुकाम खलंगा र प्रमुख पर्यटकीय स्थल कुपिण्डे ताल हुदै निर्माण हुने उहाँको भनाइ छ ।

”सल्यान भएर जाने आधुनिक लोकमार्गमा सल्यानका बागचौर, श्रीनगर जस्ता सहरहरु र प्रमुख पर्यटकीय स्थल कुपिण्डे ताल छुवाएर निर्माण गर्नु बुद्धिमानी हुन्छ जस्तो लाग्छ” उहाँले भन्नुभयो ।

राप्ती लोकमार्ग फागुणबाट डवल कटिङ हुने, चक्रपथ नयाँ अवधारणा :

त्यस्तै राप्ती लोकमार्गका विषयमा पत्रकारले उठाएको सवालमा सांसद बस्नेतले दाङको चोरखोला देखि सल्यान कपुरकोट सम्म डवल कटिङको काम चिसो हटे लगतै फागुणबाट हुनुका साथै सबैठाउमा उप्किएको कालोपत्रेको काम पनि हिउदमा समस्या हुने भएकाले चैत्रबाट हुने जानकारी दिनु भयो ।

जिल्ला पर्यटकिय चक्रपथको अवधारणा सल्यानमा नयाँ भएको भन्दै बस्नेतले २०७४ पछिको यो काम साहासिक कदम भएको र कपुरकोट, छत्रेश्वरी, बागचौर, दार्मा, कुमाखमा चक्रपथको काम सम्मपन्न भएपनि बन्गाड, कालिमाटी, त्रिवेणीको अनुमानित १०० किमी बाँकी कामका निम्ती निरन्तर काम गरिने बताउनु भयो ।

४ करोडका २८ आयोजना छनौट, बिधुतामा शुन्य :

पत्रकार सम्मेलनमा स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.व. २०७७- ७८ का लागि २८ वटा आयोजनाको छनोट गरिएको सार्वजनिक गरिएको थियो । तर बिधुतमा बजेट नदेखिएपछि विद्युतको विषयमा संघ सरकारले स्थानीय पुर्वाधार विकास साझेदारीमा किन बजेट नछुटाएको भन्ने पत्रकारको जवाफमा बस्नेतले विद्युतका क्षेत्रमा संघ सरकार नै लागेकाले चाँडै यो कार्यकालमा विद्युतमा ठूलो क्रान्ती हुने बताउनु भयो ।

कार्यक्रम अन्तरगत ५ लाख देखि ३० लाख सम्मका योजनामा सडक पुर्वाधारमा १० वटा, शिक्षामा ८ वटा, सिचाइ र खानेपानीमा ३।३ वटा र सडक पुल अन्य मा ४ वटा गरी जम्मा २८ वटा योजनामा बजेट विनियोजन गरिएको छ ।

बजेट कार्यान्वयनको सम्पुर्ण जिम्मा संघीय सरकारले स्थानीय तहलाई दिएको छ भने त्यसका निम्ति जिससले अनुगमन गर्ने गर्छ । योजना छनोट समितिमा संघीय सांसदको नेतृत्वमा जिल्ला समन्वय समिति, स्थानीय सरकारका प्रतिनिधि पनि हुने भएकाले सबैको सहभागीतामा योजना छनोट गरिएको बताइएको छ ।

पत्रकार सम्मेलनको सहजिकरण गरेका जिल्ला समन्वय अधिकारी नीम बहादुर वलीले अहिलेका सबै योजना मंसिर मसान्तमा सबै स्थानीय तह, कोष तथा लेखा नियन्त्रण कार्यालय अनि मन्त्रालयमा पठाउने र काम अगाडि बढाइने र जिससको भुमिका अनुगमन मात्रै भएकाले अरु सबै अधिकार स्थानीय सरकारलाइ प्रदान गरिएको बताउनु भयो ।

सामाजिक दुरी र नियमको पालना गरी गरिएको कार्यक्रममा जिल्ला प्रशासनसंगको समन्वयमा थोरै मात्रामा संचारकर्मीको सहभागीता गराइएको साँसद बस्नेतको सचिवालयका स्वकिय सचिव विष्णु चन्दले जानकारी दिए ।

कहाँ कहाँ के के आयोजना छनाैट भए ?

१) सडक पूर्वाधार Road Infrastructure

१.१) कालीमाटी–४, खैरेनी–छापडाँडा–बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुला जोड्ने सडक ट्रयाकओपन गर्न रू.२० लाख ।

१.२) कालीमाटी–२, जुगेना–फारुला–पैँयाकाँडा–कोछठ्ठे–नयाँ वन जोडने सडक ट्रयाक ओपन रू.२० लाख ।

१.३) जिल्ला पर्यटकीय चक्रपथ, सल्यान (DTRRS) त्रिवेणीको मख्खनटाकुरी–गैरीकटेरी–करेलीचौर–कालापोखरा–अखेला जोडने सडक ट्रयाकओपन तथा स्तरबृद्धि रू.२० लाख ।

१.४) कपुरकोट–३, कपुरकोट–झुलनेना–सिमलकुना– दाङ्गको हलवार जोडने सडक ट्रयाक ओपन रू.३० लाख ।

१.५) छत्रेश्वरी–५, लेखपोखरा–झिम्पे ठूलीखर्क–राँगोहाने जोडने सडक ट्रयाकओपन रू.३० लाख ।

१.६) छत्रेश्वरी–४, झिम्पे खोलागाउँ–झङखानीबाट कपुरकोट–६, सिनवाङ्ग खानीगाउँ जोडने सडक ट्रयाकओपन रू.१० लाख ।

१.७) शारदा नगरपालिका–६, कजेरी सापमाराबाट शारदा नगरपालिका–५, सेजुवालटाकुराको साइलेकम्द हुँदै सल्यान खलङ्गा जोडने सडक ट्रयाकओपन रू.२० लाख ।

१.८) सिद्धकुमाख–३, माझखर्क–शारदा नगरपालिका–७, कजेरी कालिका मा.वि.जोडने सडक स्तरबृद्धि गर्न रू.१० लाख ।

१.९) जिल्ला पर्यटकीय चक्रपथ, सल्यान (DTRRS)बन्गाड कुपिण्डे नगरपालिका–११, माँझकाँडाको लक्षुहाले–रैकर जोडने सडक ट्रयाकओपन रू.३० लाख ।

१.१०) बागचौर नगरपालिका–९, कोटमौला लिउरेवारी–कोटबाराको गाँराकोट–परीलेख–मौरीघारे–चार जोडने सडक ट्रयाकओपन तथा स्तरबृद्धि रू.३० लाख ।

२) शैक्षिक-विद्यालय पूर्वाधार Educational Infrastructure):

२.१) कपुरकोट–४, धनबाङ्ग सरस्वती आधारभूत विद्यालय चुनवाङ्ग गाँरापानी घेरवार गर्न रू.७ लाख ।

२.२) शारदा नरपालिका–१३, स्यानीखाल अत्तरकाँडा दिपेन्द्र चौतारा आधारभूत मा घेरवार, टिनको छाना फेर्न रू.७ लाख ।

२.३) शारदा नगरपालिका–११,जनचेतना आधारभूत विद्यालय भौतिक संरचना निर्माण रू.८ लाख ।

२.४) बन्गाड कुपिण्डे नगरपालिका–६, घाँजरीपीपल श्री राधा नि.मा.वि. घेरबार गर्न रू.७ लाख ।

२.५) कुमाख गाउँपालिका–३, स्वीकोट कालिका आधारभूत विद्यालय घेरबार गर्न रू.७ लाख ।

२.६) कुमाख गाउँपालिका–५, कालागाउँ अरनीको मा.वि.कोटनाउला गेट निर्माण तथा घेरबार निर्माण रू.२० लाख ।

२.७) दार्मा गाउँपालिका–४, भल्चौरको लाँकुरीडाँडा कालिका आधारभूत विद्यालयको खेलमैदान निर्माण रू.९ लाख ।

२.८) बागचौर नगरपालिका–२, थारमारे बनेचौर मा.वि.को खेलमैदान निर्माण रू.१० लाख ।

३) सिंचाई पूर्वाधार (Irrigation Infrastructure):

३.१) सिद्धकुमाख गाउँपालिका–२, सिद्देश्वरी लामपाटा सिंचाई कुलो मर्मत सम्भार गर्न रू.८ लाख ।

३.२) कुमाख गाउँपालिका–२, स्वीकोट मैनचौर–रातामाटा–सिरवारखोला अधूरो सिंचाई आयोजना पूरा गर्न रू.१० लाख ।

३.३) दार्मा गाउँपालिका–३, भल्चौर चैतेखोला–सोताखेत–भातमारे सिंचाई आयोजना रू.१० लाख ।

४) खानेपानी पूर्वाधार (Drinking Water Infrastructure):-

४.१) त्रिवेणी गाउँपालिका – २, काँरागिठी ढोरपानी खानेपानी आयोजना रू.२० लाख ।

४.२) कपुरकोट गाउँपालिका–३, काले अधुृरो लिप्ट खानेपानी आयोजना पूरा गर्न रू.८ लाख ।

४.३) दार्मा गाउँपालिका–५, ढाकाडाम टिकेपातल धारा वितरण खानेपानी आयोजना रू.१० लाख ।

५) सडक पुल÷अन्य पूर्वाधार (Road Bridge/Extra Infrastructure):-

५.१) शारदा नगरपालिका–१, पटनेरी जिल्ला आँखा अस्पताल भवन र्ममत सम्भार रू. ५ लाख ।

५.२) छत्रेश्वरी गाउँपालिका–७, छायाक्षेत्र जिताठान प्रगतिशिल सामुदायिक २ कोठे भवन निर्माण आयोजना रू.१० लाख ।

५.३) दार्मा गाउँपालिका–३, भल्चौर फारुला बजार दार्माखोला आर.सि.सि.सडक पुल निर्माण आयोजना रु.१० लाख ।

५.४) DPR/IEA: (DTRRS) जिल्ला पर्यटकीय चक्रपथ, सल्यान (कपुरकोटदेखि मख्खनटाकुरी–त्रिवेणीको अखेलासम्म, कपुरकोट गाउँपालिका रू.९ लाख ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको