May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
ब्यांगे । संघ र प्रदेशका माननिय ज्युहरुलाई खुल्ला पत्र

ब्यांगे । संघ र प्रदेशका माननिय ज्युहरुलाई खुल्ला पत्र

सल्यान जिल्लाबाट नेतृत्व गर्नु हुने प्रतिनिधि सभा सदस्य मानानीय टेक बहादुर बस्नेत ज्यु, प्रदेश सभा सदस्य क्षेत्र नं (क) मानानीय गुलाब जङ्ग शाह ज्यु ,प्रदेश सभा सदस्य क्षेत्र नं (ख) मानानीय प्रकास ज्वाला ज्यु र जिल्ला समन्वय समिती सल्यानका सभापती केस बहादुर बिस्ट ज्यु !

सर्वप्रथम तपाइहरुलाई बिनम्रतापूर्वक सोध्न चाहन्छु, अहिले तपाईंहरु क्वारेन्टाइनमा हुनुहुन्छ वा कतै आइसोलेसनमा हुनुहुन्छ ? जता भएपनि तपाईहरु स्वस्थ्य रहनुहोला ।

जनताका प्रतीनिधीहरु भएकाले तपाइहरु नबरालिएको र सम्पुर्ण कोरोना महामारिको व्यवस्थापन गर्ने चुनौती स्थानिय जनप्रतीनिधिहरुको टाउकोमा मात्रै नथोपार्दिनुभेकोमा तपाइहरुबाट स्थानिय जनप्रतीनिधीहरु पनि खुशी नै होलान जस्तो लागेको छ। जनताहरुले त तपाइहरुको सुन्न नसक्ने गरी जय जयकार गरेको सुनिन्छ ।

यस्तो घडिमा तपाइहरुलाई म एउटा सर्वसाधारणको सानो अनुरोध छ- अहिले सल्यान जिल्लामा भित्रीनु हुने प्रदेशी दाजुभाइहरुको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । स्थानिय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनहरुमा अब बर्षाको मौसममा ब्यवस्थापन प्रतिकुल हुँदै गएको छ । कोरोना भन्दा पनि क्वारेन्टाइनको प्रतिकुलताले मानिसको ज्यान गएको समाचार सुनिदै आएका छन ।

परिक्षणको लागी पठाइएका स्वाबहरुको रिजल्ट हप्तौ सम्म आएका छैनन। भद्रगोल क्वारेन्टाइनको कारण निरोगि पनी सङ्क्रमणको सिकार हुनु परेको छ । यो अस्तव्यस्त अवस्थामा स्थानिय जनप्रतीनिधिहरु आफुले जानेको , बुझेको र पाएको सल्लाह अनुसार खटिरहनु भएको छ । उहाहरुलाई धन्यबाद र अझै देश र जनताको सेवामा खट्न सक्ने क्षमताको लागी शुभकामना छ ।

मेरो अनुरोध के छ भने अहिले सल्यान जिल्लाका सांसदहरुले सांसद बिकास कोष, दस स्थानिय निकाय र जिल्ला समन्वय समिती मिलेर एउटा भरपर्दो पि सि आर मेसिन खरिद गरौ । परिक्षणको दाएरालाई व्यवस्थित गरौ ।क्वारेन्टाइन व्यबस्थापनमा राजनैतिक नेता कार्यकर्ता, शिक्षक कर्मचारी सङ्ग समन्वय गरौ । बरु अहिले तपाइहरुले ल्याएको बिकासको लहरलाई केहि अबरोध हुन पुगेमा महामारिको प्रतिकुलता सम्झेर चुप लागौला ।

अन्त्यमा अहिले सङ्कटकालिन अवस्थामा सामान्य मानबअधिकार र राज्यका सिद्धान्तहरु स्वत: निस्कृय हुने हुँदा , हामी सबै आफ्नो आफ्नो ठाउबाट सकारात्मक पहलमा जुटौ । कोरोनालाई उच्च मनोबलले हराऔं देश र जनता बचाऔं । धन्यबाद ।

लेखक,माध्यमिक शिक्षक संघ नेपाल केन्द्रीय सदस्य तथा लोक पप गायक   हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको