September 30, 2020, Wednesday
२०७७ आश्विन १४, बुधबार
सिडिओले २४ घण्टा भित्र जिल्ला छोड्नोस भने तर मैले २ घन्टामै जिल्ला छोडिदिए : टेकबहादुर बस्नेत

सिडिओले २४ घण्टा भित्र जिल्ला छोड्नोस भने तर मैले २ घन्टामै जिल्ला छोडिदिए : टेकबहादुर बस्नेत

देशमा उथलपुथलकारी जनयु द्ध सुरु भएको २५ बर्ष लागेको सन्दर्भमा जनयु द्धमा सल्यान जिल्लाको मुल नेतृत्वमा रहेका हाल प्रतिनिधि सभा सदस्य टेकबहादुर बस्नेत सँग गरिएको बिशेष अन्तरवार्ताको सम्पादित अंश ।

१. तपाई जनयु द्धमा किन लाग्नु भयो ?

नेपालको इतिहासमा राजनीतिक रुपमा जुन खालका व्यवस्थाहरू बदलिए तर व्यस्थाहरू बदलिए जस्तो व्यक्तिहरू कहिल्यै बदलिएनन। श्रमजीवी वर्गले आफ्नो उज्यालो दिन आउने खालको अनुभुती कहिल्यै गर्न पाएको थिएन । त्यसो भएको हुनाले देशको, समाजको काँचुली फेर्नको लागि आवस्यकता महसुस भयो । र हाम्रो पार्टिले मात्रै समाजको काँचुली फेर्न सक्छ । सर्वहारा वर्गका सपना पूरा गर्न सक्छ। देशको स्थित ठिक ढंगले आँकलन गर्दै बदल्नको लागी भौतिकवादी ब्याख्या गर्दै बदल्न सक्छ भन्ने लाग्यो र त्यस्तो खालको नेतृत्व भेटियो। त्यसबाट पनि आशा पलायो । माक्र्स , लेनिन र माओका दर्शन पढियो । ती दर्शन किताबका पानामा मात्रै सिमित थिए ।ती अक्षरलाई सजिव बनाउने काम हाम्रो अध्यक्ष प्रचण्डले गर्नु भयो । उज्यालो भविष्य देखाउनु भयो । त्यसपछि म जनयु द्धमा लागे ।

२. जनयु द्धमा लाग्नु पुर्वको तपाइँको पृष्ठभुमि बताइदिनोस न।

८ बर्षको उमेरमा पढ्न गएको हु। वुवा बितिसक्नु भएको थियो।बेसाहारा थिए। दाइ कुल बहादुर बस्नेतले बुवाकै जस्तो अभिभावकत्व गर्नुभयो र यहाँ सम्म आउने अवसर मिल्यो । पढाईको शिलशिलामा Slc पास गरे।सोही वर्ष त्यही बिद्यालयमा पढाउने मौका पाए । एक वर्ष पढाए।त्यसपछि भेटनरी जेटिए १० महिने तालिम लिए।बिहान को समयमा कमर्स क्याम्पसमा पढ्न जान थाले । एकपछि अर्को सुद्धिबुद्धी आउदै गयो। नेपालको व्यवस्था बुझ्दै जाने काम भयो। फेरि पढाइ कै शिलसिलामा सरकारी प्रोजेक्टमा भेटनरी जेटीएको नोकरी खाए। नोकरीकै बेला रुकुमको सिस्ने र प्वाङ मा निर्वाचन गराउन गए। त्यहाँ जनमोर्चाले जित्यो। तर त्यति बेलाका सिडिओले मैले जिताएको जस्तो ठानेछन।त्यसपछि सदरमुकाम आएपछि उनले २४ घण्टा भित्र जिल्ला छोड्नोस भने। त्यसपछि मैले -“२ घण्टा भित्रै छोडिदिन्छु। मेरो लिनुदिनु केहि छैन। बसीरहनु पर्ने आवस्यकता पनि छैन ।” भने त्यसपछि उनले मलाई डोल्पा सरुवा गरिदिए , दुर्गम ठाउँमा ।

३. जनयु द्ध बाट तपाईंले के पाउनु भयो , के गुमाउनु भयो?

जनयु द्धमा नेपाली जनताले धेरै रगत पसिना बगाएको छ। तै पनि हामी अझै गन्तव्यमा पुग्न सकेका छैनौं । हामीले धेरै गर्नु छ। अहिले नै मैले सबै प्राप्त गरे भन्ने केही ठानेको छैन। गुमाएको भन्ने कुरा पनि यो सन्दर्भमा आइपुग्दाखेरी हाम्रा करिव १७ हजार सपुतहरूले रगत बगाए ।बलिदानी भयो, त्यही हो । मैले गुमाएको जति श्रम, पसिना र रगत छ । सबै नेपाली जनता र हाम्रा कार्यकर्ताले बगाएका छन। त्यसैले मैले गुमाएको भन्ने केही लाग्दैन।

अहिले हामी शान्तिपूर्ण अवस्थामा आइसके पछि हाम्रो मिसनमा पुग्न अझ धेरै काम गर्नु पर्छ। अहिलेको हाम्रो लक्ष्य भनेको समाजवादमा पुग्ने हो । समाजवादमा पुग्न लायक पार्टी बनाउन सक्छौ कि सक्दैनौं ? संबिधान बनाईसकेपछी त्यसको रक्षा गर्ने, लागू गर्ने, संघियता र गणतन्त्र लागू गर्ने पार्टी बनाएर समाजवादमा पुग्न सक्छौं कि सक्दैनौं ? संबिधानमा समाजवाद उन्मुख भनेका छौ। त्यहाँ पुग्न लायक पार्टी बनेको छैन। त्यो बनाउन का निम्ति हामीले अझ धेरै पसिना बगाउनु पर्छ। मेहनत र दुख गर्नुपर्छ। त्यसैले अहिले नै पाएको र गुमाएको हिसाबकिताब मैले गरेको छैन।

४. जनयु द्धले तपाईको जिवनमा कस्तो प्रभाव  पार्यो ?

यो ठाउँ सम्म आइपुग्दा खेरी सम्म मेरो राजनीतिक र बैचारिक क्षत्रमा ठूलो रुपान्तरण भयो। सायद जनयु द्धमा, यो पार्टिमा नलागेको भए एउटा शिक्षकमा जागीरे हुन्थे होला। घरको बन्दोबस्त, परिवार केटाकेटीहरू ( छोराछोरी ) यो भन्दा गुनात्मक रूपमा व्यवस्थित गर्थे होला। मेरो चेतना घरायसी समस्या हल गर्ने बन्थ्यो। उस्तै परे गाउघरका सानासाना कुरामा झगडा गर्ने खालको हुन्थ्यो होला। जनयु द्धले मेरो जिवनमा ठूलो रुपान्तरण ल्याएको छ। समाजलाई बदल्न ठूलो प्रेरणा र हौसला मिलेको छ।

५. देशमा गणतन्त्र र नेतृत्वमा तपाईंहरू आएपछि पनि जनताको जिवनस्तरमा परिवर्तन आएन नि ?

अब जनताको अवस्थामा तात्विक अन्तर आएको छैन भन्ने कुरा साचो हो । नेपाली समाजमा वर्गहरूको जुनखालको स्थिति थियो । त्यो स्थिति यथावत कायम छ। हामीले वर्गबिहिन समाजको कल्पना गरेका हौं । समाजवाद, साम्यवादमा पुग्ने भनेको त्यो ठाउँ हो। जनवादी, समाजवादी व्यस्थामा समेत बर्गहरू रहि रहन्छन। साम्यवादमा पुगेपछि मात्रै वर्गहरूको अन्त्य हुन्छ। गर्नपर्ने धेरै बाँकी कुराहरू छन। गणतन्त्र ल्याउने बित्तिकै जनताको सामाजिक आर्थिक जिवनस्तरमा ठुलोखालको बदलाव आइहाल्थ्यो भन्ने पनि होइन। जनताको जिवनस्तरमा सुधार आउनको लागि धेरै काम गर्न बाँकी छ। चिनमा क्रान्ति भैइसकेको लामो समयसम्म पनि वर्गहरूको स्थिति उल्मुलन हुन सकेको थिएन। जनताको जिवनस्तर उठ्न सकेको थिएन भने नेपालमा चै यति छिटो भैइहाल्ने स्थिति होईन । त्यसो भएको हुदाखेरी गर्नुपर्ने काम धेरै छन । जनताको जीवन स्तर उठाउन बाकी नै छ।  अर्को, राज्यसत्ता कम्युनिस्ट पार्टीको बनाइसकेका छैनौ।

सरकार र राज्यसत्ता बिच अन्तर छ । त्यो भेद बुझिएन भने बुझाईमा समस्याहरू आउछन। समस्या कस्ता आउछन भने जस्तो २०६४ सालमा ६०१ जना संसद संख्या मध्य २४० जना तत्कालीन नेकपा माओवादीले ल्याएको थियो। त्यो त्यतिबेलाको सब भन्दा ठूलो पार्टी बनेको थियो। तर बहुमत सम्म थिएन। त्यो प्रसंग मैले किन किट्याउन खोजेको हो भने ठूलो पार्टी बन्दैमा जनताको आकांक्षा पूरा भैहाल्ने स्थिति थियी कि भन्ने खालको जनताको बुझाइ थियो। कार्यकर्ताको आकांक्षा थियो। तर ९ महिना टिक्न नसक्ने सरकारको अवस्था थियो। अहिले पनि हामी सँग दुई तिहाईको सरकार मात्र छ। बिकास निर्माण र जनताको जिवनस्तरमा परिवर्तन नआएको पनि होइन। तर हामी सबै माथी तिर मात्रै फर्केका छौं । त्यही भएर पनि जनताले बिकासको अनुभुती र स्वामित्व लिन सकेका छैनन। जनता तिर फर्किने र उनिहरूका सुखदुःख मा सहभागी बन्ने ,कुरा सुन्ने गरे पनि जनताका यस्ता गुनासो आउदैन ।

६. तपाईंको नजरमा जनयु द्धका नराम्रो पक्ष के हुन ?

मुलरुपमा राम्रा काम भएका  छन । जनतालाई जागृत गर्ने काम भएको छ। तर कतिपय ठाउँहरूमा चैं पार्टी हेडक्वाटरले निर्देशन नगर्दा नगर्दै पनि सामाजिक रुपमा कटेका मान्छे माथी कारवाही गर्दा आफुखुसी ढंगले काम कारवाही गर्ने काम भए,  त्यसबाट पार्टीले क्षति ब्यहोर्नु पर्यो। त्यो चैं पार्टी हेडक्वाटरले चाहेको कुरा थिएन। त्यसैले घटना, प्रसंग र अज्ञानतावस भएका कुराले जनताको मनोभावनामा नजानिदो ढंगले ठेसहरू लागेको छन।

शीर्ष समाचार

धेरै पढिएको