June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
कयौंपटक लडा’इँमा जाँदाखेरी त्यहाँबाट फर्केर आइन्नहोला जस्तो लाग्थ्यो : नेवबहादुर कंवर ‘विवेक’

कयौंपटक लडा’इँमा जाँदाखेरी त्यहाँबाट फर्केर आइन्नहोला जस्तो लाग्थ्यो : नेवबहादुर कंवर ‘विवेक’

पुर्व जनमुक्ति सेना नेपालका डिभिजन सह-कमान्डर तथा नेकपा ( नेकपा) सल्यानका नेता, नेकपा कर्णाली प्रदेश सदस्य नेवबहादुर कंवर ‘विवेक’ सँग २५ औं जनयु’द्ध दिवसको अवसरमा नयाँ दृष्टि डटकमका संपादक भुमप्रकाश भण्डारी भुपिनले लिनुभएको बिशेश अन्तरबार्ता।

१.तपाई जनयु’द्धमा किन लाग्नु भयो ?

जनयु’द्धमा किन लाग्ने भन्ने प्रश्न हाम्रो मनमा पनि उब्जिन्थ्यो । त्यतिबेला हाम्रा अग्रजहरूले के सिकाउनु हुन्थ्यो भने सर्वहारा वर्गको राज्यसत्ता स्थापनाको लागि एउटा मात्र बाटो हुन्छ – त्यो हो सश’स्त्र बाटो। अर्थात वर्ग संघर्षको बाटो। हुन त संसदीय अभ्यासको बाटो पनि हुन्छ । तर त्यो बाहिर खसीको टाउको झुन्डाएर भित्र कुकुरको मासु बेच्ने खालको हुन्छ । त्यो बाट मुक्ति हुदैन। सर्वहारा वर्गले अर्को वर्गलाई निषेध नगर्दा सम्म उत्पीडित समुदायले मुक्ति पाउदैनन। त्यसैले मलाई के लाग्यो भने म त उत्पीडित बर्गको पक्षपाती हु । प्रतिक्रियावादी वर्गले बन्दु’कको बलमा सर्वहारा वर्गमाथी शासन गरेको छ। नियम कानुन र सत्ताको बलमा केही मुठ्ठीभर मान्छेले बहुसंख्यक मानिसहरू माथी शोषण गरिरहेका छन । तर कम्युनिस्ट पार्टीले त्यस्तो गर्दैन र त्यो बाट मुक्ति पाउन कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारा वर्गले पनि बन्दु’क उठाउनु पर्छ भनेर म जनयु’द्धमा लागेको हु ।

२. जनयु’द्धमा के के भुमिकामा रहेर काम गर्नुभयो ?

जनयु’द्धको सुरुवाती संगै म सैन्य मोर्चामा रहेर काम गरे । २०५३ फागुन देखि स्क्वाएड सदस्य हुँदै ०५४ मा स्क्वाएड कमाण्डर, ०५७ मा प्लाटुन कमान्डर, ०५८ मा कम्पनी सह-कमान्डर, ०५९-०६० मा ब्रीगेट सह कमान्डर, ०६१ मा बृगेट कमान्डर, हुँदै ०६२-०६३ मा डिभिजन सहकमाण्डर ( कमान्डर शुनिल ) हुँदै अवकाश प्राप्त हुदा सम्म डिभिजन सहकमान्डर र शान्तिकाल सम्म आउदा पार्टीको पोलीटब्युरो सदस्य सम्मको जिम्मेवार पूरा गरे।

३.कतिवटा लडा’इँ लड्नु भयो ? सहभागी हुनु भयो ?

अहिले ठ्याक्कै यतिवटा भन्न सक्दिन तर साना ठुला गरि करिव साडे ३ दर्जन बढी लडाईहरू लडे ।

४.जनयु”द्धको लक्ष्य उदेश्य कति पूरा भयो ?

मलाई के लाग्छ भने हामीलाई जनयु’द्ध वा सस’स्त्र क्रा’न्तिका बारेमा जे जति प्रशिक्षण गरिएको थियो। त्यो सन्दर्भमा चैं अपुगता नै रह्यो । अप्रयाप्तता नै भयो । तर अहिले हामी जुन ठाउँमा आइपुगेको छौँ । यहाँ पनि बिना उपलब्धि चै आइपुगेको छैनौं । संघीयता, धर्म निरपेक्षता र समाबेसी समानुपातिक जस्ता हामीले भनेका कुरा त आएका छन । तर क्रा’न्तिकारी दृष्टिकोण बाट हेर्दा हामीले भनेको जस्तो भएको छैन। अब यसलाई नेतृत्वको अदुरदर्शिता भन्ने कि परिस्थितिको उपज ? धोका भएको जस्तो भएको छ । तर क्रा’न्ति हुनुपर्छ, हुन्छ। हामीले नगरे अरु कसैले गर्छ। गर्नुपर्छ ।

५.जनयु’द्धले तपाईंको जिवनमा कस्तो प्रभाव पार्यो ?

अवस्य पनी यदि जनयु’द्ध नभएको भए सायद म गाउँघरमा सामान्यतया हलोकुटो घाँस दाउरा गर्थ्ये होला । म त्यो भन्दा माथि उठ्न सक्दैनथ्ये होला । अलिअलि पैसा कमाउथे होला। घरपरिवार अलि ब्यबस्थित गर्थे होला। तर अहिले म जुन सामाजिक राजनीतिक उचाइमा छु । त्यो भनेको यहि जनयु’द्ध र राजनीतिक आ’न्दोलनको उपज हो। नत्र म राजनीतिक हिसाबले यति अगाडि हुदैन थे। यो मामलामा मलाई मात्रै होइन सबै साँघुरा नेपाली जनतालाई पनि परिवर्तन गरेको छ।

६.अविस्मरणीय क्षण के छ ?

फौजी जीवन र राजनीतिक जिवनमा फरक छ। फौजी जीवन एकदमै निर्मम हुन्छ । राजनीतिक जिवनमा यताउता गरेर बाँच्न सकिन्छ । फौजी जिवनमा हजारौं पटक म’रेर पनि बाँचे जस्तो लाग्छ। कयौंपटक लडा’इँमा जाँदाखेरी त्यहाँबाट फर्केर आइन्नहोला जस्तो लाग्थ्यो ।

फौजी जिवनमा संवेदना हुदैन । लडा’इँमा संवेदना र भावना आयो भने त्यो लडा’इ जितिदैन। भावनामा बग्ने मान्छे कमान्डर हुन सक्दैन। लड्न सक्दैन । मानौँ आफ्नै साथीहरू घाइते छन, उनिहरूलाई औषधि, मलमको खाँचो छ तर लडाइँमा उनिहरूलाई नै बंकर बनाएर लड्नुपर्ने अवस्था आउँछ। फौजी जीवन निर्मम हुन्छ ।

घटनाको कुरा गर्दाखेरी चै लिस्नेदेखी गाम हुँदै पहिलो खारा को ल’डाइ सब भन्दा कठिन भएको थियो र अर्घाखाँचीको मथुराको लाई एकदमै सुखद भएको थियो । करिब १५-२० मिनेटमै बिजय प्राप्त गरेका थियौँ त्यहाँ ।

७. राम्रा / नराम्रा पक्ष ?

राम्रा कुरा माथी भनीसके को छु तिनै हुन। नराम्रो पक्ष चै सिद्धान्त: हामीलाई जे सिकाईएको थियो । त्यसमा जनता र कार्यकर्ताको तह बाट कुनै कमजोरी भएन । नेतृत्व तह बाट केही न केही कमजोरी भएर नै अहिले हामी यो ठाउँमा आइपुग्यौं । नत्र कि हामी जित्थ्यौं कि त हार्थ्यौं।

अहिले पनि देशमा बहुमतको कम्युनिस्ट सरकार छ। तर गाउघर कतै पनि त्यस्तो अनुभुती भएको छैन । कतै न कतै कमजोरी त भएको छ नि ।

शीर्ष समाचार

धेरै पढिएको