September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
म लगाएत ५ जनाको कमिटीले सल्यानमा पहिलो कम्युनिस्ट पार्टी स्थापना गरेको हो : भिमप्रकाश शर्मा

म लगाएत ५ जनाको कमिटीले सल्यानमा पहिलो कम्युनिस्ट पार्टी स्थापना गरेको हो : भिमप्रकाश शर्मा

२५ औं जनयु’द्ध दिवसको सन्दर्भमा नेकपा ( नेकपा ) सल्यानका नेता तथा कर्णाली प्रदेश मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मा सँग नयाँ दृष्टि डटकमका संपादक भुमप्रकाश भण्डारी भुपिनले लिनु भएको बिशेश अन्तरबार्ता।

१.जनयु’द्धमा किन लाग्नु भयो?

पहिलो कुरा त म प्रष्ट किसान परिवारको मान्छे । हाम्रो बुवा एउटा असल किसान। म किसानको छोरा र त्यतिबेला किसानलाई सरकार सत्ताले जुन प्रकारको अपहेलना गर्थ्यो । त्यसको विरुद्धमा लाग्न मेरो बुवा सेतु शर्माले नै प्रेरित गर्नुभयो। कम्युनिस्टमा होइन कि अन्याय अत्याचारका विरु’द्धमा बोल्नुपर्छ भनेर । उहाँले कोर्‍रा खाएका, प्रहरीले पिटेका र बिरोधिहरूले दुख दिएका घटनाहरू सुनाउदै गर्दा बिद्रोह गर्नु पर्छ। बिद्रोह नगरेर मुक्ति पाइदैन । यो समाजलाई परिवर्तन गर्नुपर्छ भनेर सचेतता पुर्वक जनयु’द्धमा लागेको हु।

२. बुवालाई सरकारले, बिरोधिले दुख दिएका थिए भन्नू भयो । उहाँले कुनै राजनीतिक बिचार राख्ने वा गतिविधि गर्नु हुन्थ्यो र ?

होइन। त्यस्तो बिचार राख्ने कुरै थिएन की काम गरेर खाने मान्छेहरूलाई वरपरको समाजका केही मान्छेहरूले, ठुला प्रतिष्ठित ब्यक्तिहरूले अगाडी बढ्न नदिनको निम्ति विभिन्न दुख दिने, मुद्दा लगाउने, जेल हाल्ने प्रयत्न गर्थे । त्यस्तो खालको कथाहरू उहाले सुनाउनु हुन्थ्यो।त्यस्तो कुरा हो । कम्युनिस्ट बिचार, काङ्ग्रेस बिचार भन्दा पनि काम गरेर खाने मान्छेहरूलाई किन खाना दिदैनन ? काम गरेर खाना पाउनुपर्छ भन्ने कुरा थियो र त्यो अमुर्तरूपमा कम्युनिस्ट बिचार थियो।

३. के – के भुमिकाहरूमा काम गर्नु भयो ?

पहिलो कुरा त के हो भने मैले २०४१/४२ सालदेखि नै कम्युनिस्ट बिचार सुरु गरे । रुकुममा आइए पढ्ने बेला २०४३ सालमा नेकपा (मशाल) अन्तरगतको अखिल ८ औं को सदस्यता लिए । त्यतिबेला म जागीरे पनि थिए । हामी चार जना मध्ये जनार्दन शर्मा कृषि बिकास कार्यालयमा जेटिए हुनुहुन्थ्यो । हेमन्तप्रकाश वली ( अहिले जे’लमा) शिक्षक हुनुहुन्थ्यो । यज्ञश्वर शर्मा ( सहिद हुनुभयो) र म एउटै अफिसमा ( राप्ती एकीकृत ग्रामिण बिकास परियोजना) मा जागिर गर्थ्यौं । उहाँ सुपरभाइजर हुनुहुन्थ्यो । म सहायक लेखापाल थिए। हामी सबैले जागिर छोडेर काठमाडौं गयौं । त्यतिबेला क्याम्पस बाट मात्रै राजनीति गर्न सकिन्छ भन्ने चेत थियो । त्यही क्रममा त्रिवि किर्तिपुरमा पठनपाठन सुरु गरे र त्यहाँ बिद्यार्थी संगठनको इकाई अध्यक्ष पनि भए । त्यहीँ बाट २०४६/०४७ को आन्दोलनमा पनि सहभागी भयौं । आन्दोलन पनि सफल भयो ।

त्यसपछि सल्यानमा २०४७ साल कार्तिक ६ गते म, उमाकान्त शर्मा लगाएत ५ जनाको पहिलो कमिटी सहित सल्यानमा पहिलो कम्युनिस्ट पार्टी नेकपा (मशाल) निर्माण गर्यौं। त्यतिबेलासम्म सल्यानमा कुनैपनी कम्युनिस्ट पार्टी थिएन संस्थागत रुपमा । त्यसपछि मात्र २०४७ मंसिरमा नेकपा माले स्थापना भयो।

त्यतिबेला देखि पार्टीको जिल्ला सचीव हुँदै कामको शिलशिलामा पार्टीले खटाउदै गयो । पत्रकारीता जिवनदेखी सुदुरपश्चिमका दार्चुला,बैतडी , डोटि, अछाम, कालिकोटको जिल्ला इन्चार्ज हुँदै जनमुक्ति सेनाको पश्चिम सैन्य प्रवक्ता बृगेड कमिसार लगाएतका जिम्मेवारमा रहेर काम गरियो ।

४. जनयु’द्धबाट के पाइयो के गुमाइयो जस्तो लाग्छ ?

धेरै कुरा प्राप्त गरियो। प्राप्ति भनेको पद मात्रै होइन । म ६५ जिल्लामा पैदल हिडेको छु । त्यहाँको सहनसहन र दुखसुख, सामाजिक परिवेश र भुगोल मेरो दिमागमा छ । समाज र देशलाई बुझ्ने अवसर प्राप्त गरे । ब्यक्तिगत रूपमा यो ठूलो उपलब्ध हो ।

अब गुमाउने भन्नले आर्थिकरुपमा म कमजोर भए । तर म अहिले सामाजिक रुपमा धनी छु। मेरो सामाजिक मर्यादा बढेको छ। समाजले मलाई बदमाश बुझेको छैन। म उतिबेलै अङ्ग्रेजीमा बिएड गरेको मान्छे । थारमारेमा पढाए पनि । तर कम्युनिस्ट भएकै कारण तत्कालीन शिक्षक संघका मान्छेहरूले जागीर खान दिएनन । त्यो पनि ठिकै गरे जस्तो लाग्छ । मास्टर भएको भए म एउटा घर बनाउथे होला । कतै जग्गा किन्थे होला । त्यो छुट्टै कुरा हो। तर म अहिके आर्थिकरुपले कमजोर भएपनि सामाजिक रुपमा धनि छु।

५.जनयु’द्ध सँग जोडिएका केही अविस्मरणीय क्षण छन ?

थुप्रै छन। बिशेश गरेर मेरो आफ्नै नेतृत्वमा साँझ ५ बजे हाम्रो तर्फ कुनै क्षति नभएर ५ मिनेटमा कर्णाली चिसापानी पुलनेरको सेनाको ब्यारेक कब्जा गरेको याद आउँछ । त्यसैगरी खारा मोर्चाका दुई लडाइँ र गुराँसेको लडाइँ जहाँ म पश्चिम बटालिएनको तर्फबाट सहभागी थिए । यस्ता घटना याद आउछन ।

६.लक्ष्य उदेश्य कति पूरा भए ?

धेरै कुरा प्राप्त गर्न सकिन्छ भन्ने थियो तर कमि भएको छ।सबै पूरा भएको छैन । किनकि प्रगति हुनको लागि कि त पुरै हार्न पर्ने रहेछ कित पुरै जित्नु पर्ने रहेछ । हामीले संझौता गर्नु पर्यो । संझौताकै नियम कानुन बन्यो । त्यसले पनि प्रभाव पार्यो।

७.जनयु’द्धका नराम्रा पक्षहरू के हुन तपाईंको विचारमा ?

आन्दोलनको क्रममा केही नहुनुपर्ने कारवाहिहरू भए । कतिपय धार्मिक र संस्कृतिकरुपमा आ’क्रमण नगर्नुपर्ने ठाउँमा पनि आक्र’मण गरिए।तर ती आन्दोलनका सहायक कुरा थिए। मुल प्रबृती त्यस्तो थिएन।

शीर्ष समाचार

धेरै पढिएको