गौतम बुद्ध अन्तराष्ट्रिय क्रीकेट रंगशालाको सहयोगार्थ दाङ व्यापारीक तथा कृषि औद्योगिक मेलामा सहयोग स्टल सन्चालनमा

गौतम बुद्ध अन्तराष्ट्रिय क्रीकेट रंगशालाको सहयोगार्थ दाङ व्यापारीक तथा कृषि औद्योगिक मेलामा सहयोग स्टल सन्चालनमा

शुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रंगशालाको सहयोगार्थ दाङ व्यापारीक तथा कृषि औद्योगिक मेलामा सहयोग स्टल सन्चालन गरियको छ।नागरिक स्तरबाट निर्माण हुन लागेको उक्त परियोजना निर्माण सम्पन्न गर्नको लागि सहयोग जुटाउन सहयोग स्टल राखिएको हो ।

च्याम्बर अफ कमर्सको आयोजनामा सन्चालन भैरहेको दाङ व्यापारीक तथा कृषि औद्योगिक मेलामा सल्यानका भुपेन्द्र प्रकाश वली , प्युठानका चेतन भुसाल , बझाङ्का रमेश धामी , दाङका मदन खनाल , किशन वली , महेश आचार्य , सेबक पौडेल र गणेश पौडेल गरी 8 जना युवाहरु मिलेर सहयोग स्टल संचालन गरेका हुन ।

मेला अबधि भर रहने उक्त सहयोग संकलन स्टल आयोजकले निशुल्क प्रदान गरेको सहायोग  संकलन अभियानका अभियान्ता भुपेन्द्र प्रकाश वलीले बताउनु भयो ।

शीर्ष समाचार

धेरै पढिएको