October 26, 2021, Tuesday
२०७८ कार्तिक ९, मंगलवार
एमाले युवासंघका ५ नेता दिए सामुहिक राजीनामा, यस्तो छ – कारण

एमाले युवासंघका ५ नेता दिए सामुहिक राजीनामा, यस्तो छ – कारण

असोज १३, काठ्माण्डौ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघका ५ जना केन्द्रीय तहका नेताले पदबाट राजीनामाको घोषणा गरेका छन् । प्रदेश २ बाट प्रतिनिधित्व गर्ने उनीहरुले युवा संघको अध्यक्षलाई सम्बोधन गरेर पत्र लेख्दै राजीनामाको घोषणा गरेका हुन् ।

राजीनामा दिनेहरूमा युवा संघ स्थायी कमिटी सदस्य राकेशराज गिरि, नरेश साह तुरहा, निवेशकुमार, केन्द्रीय सदस्यद्वय वीरबल कुश्वाहा र सञ्जय यादव रहेका छन् । उनीहरुले आफूहरुले प्रतिनिधित्व गर्ने प्रदेश २ मा पार्टी कमिटीका नेताहरुले विचार र विधिविहीन हुकुमी शैलीमा पार्टीलाई लगेको आरोप लगाएका छन् ।

उनीहरुले नेकपा विभाजनपछि आफूहरुले एमालेलाई नेकपाकै निरन्तरताको रुपमा अगाडि बढाएमात्रै पार्टी नेतृत्वलाई साथ दिन सकिने राख्दै आएपछि मुल नेतृत्वले एकता नस्वीकारेर एकलौटी ढंगले पार्टी सञ्चालन गरेको दावी गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको