October 26, 2021, Tuesday
२०७८ कार्तिक १०, बुधबार
रोल्पामा भीरबाट लडेर २५ जनाको मृत्यु

रोल्पामा भीरबाट लडेर २५ जनाको मृत्यु

असोज १२, रोल्पा । रोल्पामा एक वर्षको अवधिमा भीरबाट लडेर २५ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सुवेदीका अनुसार गत आर्थिक वर्षमा मात्रै रोल्पामा भीरबाट लडेर २५ जनाको मृत्यु भएको हो । जिल्लाका विभिन्न ठाउँमा भएका अलग – अलग घटनामा २५ जनाको मृत्यु भएको डिएसपी सुबेदीले बताए ।

भीरबाट लडेर ज्यान गुमाउनेहरू धेरैजसो मदिरा सेवन गरी हिँड्नेहरू भएको उनले बताए । त्यस्तै मेलापात गएकाहरू पनि भीरबाट लडेर मृत्यु हुने गरेको उनको भनाइ छ ।

रोल्पामा चालु आर्थिक वर्षमा मात्रै भीरबाट लडेर चार जनाको मृत्यु भइसकेको छ। सोमबार दिउँसो ४ बजेतिर मात्रै परिवर्तन गाउँपालिका वडा नम्बर २ का ५५ वर्षीय भिमप्रसाद खत्रीको भीरबाट लडेर मृत्यु भएको उनले जानकारी दिए ।

त्यस्तै आइतबार त्रिवेणी गाउँपालिका ७ गाङ स्थित प्रेमीको घरमा बस्दै आएकी भोजपुर जिल्लाकी लक्ष्मी राईको भीरबाट लडेर मृत्यु भएको हो ।

उनि विगत ७र८ महिनादेखि रोल्पाको त्रिवेणी गाउँपालिका ७ गाङ स्थित प्रेमीको घरमा बस्दै आएकी थिइन् । साउदीमा रहेका प्रदीप परियारसँग फेसबुकबाट मायाप्रेम बसेपछि विवाह गर्ने वाचासहित उनि ७र८ महिना अघिदेखि प्रदिपको घरमा बस्दै आएकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको