October 26, 2021, Tuesday
२०७८ कार्तिक ९, मंगलवार
नेकपा (एस) ले ६ मन्त्रालय पाउने, भोली मन्त्रीपरिषद्मा २ जना सहभागी हुदै

नेकपा (एस) ले ६ मन्त्रालय पाउने, भोली मन्त्रीपरिषद्मा २ जना सहभागी हुदै

असोज ०६, काठ्माण्डौं । आज साँझ बालुवाटारमा डाकिएको सत्ता गठबन्धनको बैठकमा चार वटा दलबीच मन्त्रालय बाँडफाडको टुंगो लाग्ने भएको छ । त्यसमा भोलि नै एकीकृत समाजवादीको तर्फबाट न्यूनतम दुई जना मन्त्री बन्ने सम्भावना छ ।

भोलि मन्त्री बन्ने सम्भावना रहेकामा नेतृ रामकुमार झाँक्री र अर्का एक जना कानुन व्यवसायी हुने स्रोतको दाबी छ । अधिवक्ता गोविन्द बन्दी र वरिष्ठ अधिवक्ता शम्भु थापामध्ये एक जना कानुन मन्त्री बन्नुहुनेछ । उहाँहरुको नियुक्ति एकीकृत समाजवादीको कोटाभन्दा बाहिर ‘स्वतन्त्र विज्ञ’ को हैसियतमा हुन सक्छ । झाँक्री सम्भवतः शिक्षा या सञ्चार मन्त्री बन्नुहुनेछ ।

पार्टीको तर्फबाट मन्त्री बन्नु हुनेको नामबारे केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा छलफल भएको स्रोतले बताएको छ । ‘आज बालुवाटारमा मन्त्रालयको संख्या र मन्त्रालयबारे सहमति भएपछि भोलि मन्त्रीको नाम टुङ्गो लगाइनेछ,’ स्रोतले भनेको छ ।एकीकृत समाजवादीले ६ वटा मन्त्रालय र त्यसभित्र राज्यमन्त्री एक जनासमेत राख्ने छ । सम्भावित मन्त्रीहरुमा भवानी खापुङ र बिरोध खतिवडाको नाममा लगभग सबैले सहमति जनाएका छन् । बाँकीमा सुदूर पश्चिमबाट शेरबहादुर कुँवर र प्रेम आलेमध्ये एक जना हुने बताइएको छ ।

किसान श्रेष्ठले उद्योग मन्त्री हुने रहर राखेको चर्चा छ । खतिवडा भौतिक पूर्वाधार र उपत्यकाबाट जीवनराम श्रेष्ठ युवा,खेलकुद मन्त्री हुने सम्भावना बढेको एकीकृत समाजवादीको उच्च स्रोतले बताएको छ ।

जनआस्था बाट साभार ।

शीर्ष समाचार

धेरै पढिएको