September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
सल्यानको दार्मामा एक पुरुष मृत्य अवस्थामा फेला

सल्यानको दार्मामा एक पुरुष मृत्य अवस्थामा फेला

भदौ ११ सल्यान । सल्यानको दार्मा गाउँपालिका ०५ अधेरिखाेला निबासि ५० बर्षिय बम बहादुर खत्री मृत अबस्थामा फेला परेकाे छन।

गाउँपालिकाको वडा नं ५ काे वडा कार्यालय नजिकै उनको शव भटिएको छ । शव भटिएपछी घटनास्थलको सुरक्षाको लागि इप्रका फारुलाचौर बाट प्रहरी खटिएको र इप्रका थारमारे बाट इनस्पेक्टर सहितको टोली घटनास्थल तर्फ प्रस्थान गरेको जिप्रका सल्यानका प्रवक्ता अर्जुन पौडेलले बताए ।

घटनाको अनुसन्धानको लागी बिदामा रहेका डिएसपी गोविन्द थापा क्षेत्री बिदा रद्द गरेर नेपालगन्ज बाट तालिम प्राप्त कुकुर ल्याएर साँझसम्म घटनास्थलमा पुग्ने जिप्रका सल्यानले बताएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

शीर्ष समाचार

धेरै पढिएको