September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
दार्मा गाउँपालिकाले प्रश्नको उत्तरमा संकेत दिएर परिक्षा गराएपछी आन्दोलन ( हेर्नुहोस, प्रश्नपत्र )

दार्मा गाउँपालिकाले प्रश्नको उत्तरमा संकेत दिएर परिक्षा गराएपछी आन्दोलन ( हेर्नुहोस, प्रश्नपत्र )

भदाै ८, सल्यान । सल्यानकाे दार्मा गाउँपालिकाले लिएकाे स्वयमसेवक असिस्टेन्ट सव इन्जिनियरकाे परिक्षामा प्रश्नपत्रको उत्तरमा सांकेतिक चिन्ह दिएको सार्वजनिक भएको छ ।

प्रश्नपत्रको उत्तरमा कुनैमा धेरै कालो, कुनैमा फुलिस्टप र कुनैमा सामान्य लाइन भन्दा धेरै अगाडी र पछाडी राखेर सहि उत्तरमा संकेत गरेको भन्दै आन्दाेलित भएका परिक्षार्थीहरुले उक्त संकेत गरेको प्रश्न पत्र सार्वजनिक गरेका छन ।

परिक्षार्थीहरूले नयाँ दृष्टिलाई उपलब्ध गराएको उक्त पश्न पत्रमा उल्लेखित संकेत प्रष्ट देख्न सकिन्छ । गाउँपालिकाले मंगलबार लिएकाे स्वयमसेवक असिस्टेन्ट सव इन्जिनियरकाे परिक्षा लिएको थियो ।

स्वयमसेवक असिस्टेन्ट सव इन्जिनियरकाे लागि गाउँपालिकाले ६ जना करार कर्मचारी माग गरेकाे थियाे । जसमा फारम भरेकामध्ये ४३ जनाले परिक्षा दिएका थिए ।

प्रश्न पत्रमा संकेत देखेपछि आफुहरूले परिक्षा हलभित्र कुरा उठाइउँ तर त्यहाँ सहभागी कर्मचारीले पछि स्पष्टीकरण दिने बताएको तर पछि उजुरी दिदा समेत गाउँपालिकाले कुनै जवाफ नदिएको परिक्षार्थी नोखिराम डाँगीले बताए ।

४५ मिनेटकाे परिक्षमा केहिले १० मिनेटमै परिक्षा सकेर पेपर बुझाएको र परिक्षा सकिएकाे एक घण्टा पछि १० जना पास भएकाे रिजल्ट प्रकाशित भएको उनले बताए । परिक्षा बिहान ११ बजे बनाउने भनेर दिउँसाे साढे १ बजे समेत बनाइएकाे र ३ बजे रिजल्ट प्रकाशित गरेको उनको भनाइ छ ।

यस विषयमा थप बुझ्न खाेज्दा गाउँपालिकाका कुनै कर्मचारी सँग सम्पर्क हुन सकेकाे सकेन ।

हेर्नुहोस उत्तर संकेत गरिएका प्रश्न

शीर्ष समाचार

धेरै पढिएको